शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘डिसेम्बर फल्स’ले जोगिएला त आर्यन सिग्देलको करियर ?

बुधबार, १० मङ्सिर २०७७, १५ : २६
बुधबार, १० मङ्सिर २०७७

काठमाडौं । एकसमय अभिनेता आर्यन सिक्देलको दबदबा थियो  । लभस्टोरी कथामा बन्ने फिल्मको हिरोमा उनको बिकल्प पाउन मुस्किल हुन्थ्यो । फिल्म ‘किस्मत’बाट अभिनयमा डेब्यु गरेका उनले यो फिल्मको प्रदर्शनपछि भने पछाडि फर्केर हेर्नु परेको थिएन ।

फिल्ममा राम्रो डिमान्ड भएको समय गुणस्तर भन्दा संख्यात्मक अभिनयमा उनले जोड दिएको कारण उनको अभिनय रहेको धेरै फिल्म फ्लप भयो । एकपछि अर्काे फिल्म फ्लप हुँदै गएपछि उनी बक्स अफिसमा कमजोर बन्दै गए ।
गत वर्षमात्र उनी अभिनित दुई फिल्म ‘हजार जुनीसम्म’ र ‘चच हुईं’ प्रदर्शनमा आएका थिए । तर दुबै फिल्म बक्स अफिसमा नराम्रोसँग पछारिन पुग्यो ।
त्यसैले उनी अहिले डुब्न लागेको करियर बचाउन हिट फिल्मको खोजीमा छन् । त्यसले पनि होला उनी हालै फिल्म ‘डिसेम्बर फल्स’मा अनुबन्धित भएका छन् । केही दिन अगाडि एक कार्यक्रममा बीच निर्माण घोषणा गरिएको फिल्मको आगामी माघबाट छायाँकन सुरु हुँदैछ ।

फिल्मको कथा राम्रो भएकोले अभिनय गर्न लागेको कार्यक्रममा उनले बताएका थिए ।
फिल्मले डुब्न लागेको आफ्नो करियरलाई उभो लगाउने समेत उनले विश्वास लिएका छन् । फिल्मको अभिनेत्री भने फाइनल हुन बाँकी रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप