शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुर र पोखरामा राजावादीको प्रदर्शन

बुधबार, १० मङ्सिर २०७७, १५ : १९
बुधबार, १० मङ्सिर २०७७

नेपालमा राजतन्त्र पुनर्स्थापनाको माग गर्दै राजावादीहरुको धनुषाको जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

बुधबार जनकपुरधाममा प्रदर्शनमा सहभागी हुनेहरुले राजतन्त्र नै चाहिने भन्दै राजा आउ देश बचाउको नारा लगाएका थिए । 

जनकपुरको रेल्वे स्टेशनबाट निस्केको राजावादी समूहहरुको र्‍यालीले भानू चोक, कदम चोक, विद्यापती चोक, विश्वकर्मा चोक, तपसी चोक, जिरोमाइल, भ्रमरपुरा चोक, बजरंग चोक, रामानन्द चोक, पिडारी चोक, ब्रह्मपुरी चोक, जचुकाली स्थित मुख्यमन्त्रीको कार्यालय अगाडि प्रदर्शन गर्दै मिल्स एरिया, भानू चोक, शिव चोक हुँदै जनक चोकमा पुगि कोणसभामा परिणत भएको थियो ।

यसैबीच राजावादीहरुले पोखरामा पनि मोटरसाइकल र्‍याली गरेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप