शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘नाच्दा नाच्दै बाजा तालमा’ निर्मल र पुजनको रोमान्स्

बुधबार, १० मङ्सिर २०७७, १३ : ०९
बुधबार, १० मङ्सिर २०७७

काठमाडौं । मंसिर महिना लागेसँगै विवाहका लगनहरु पनि जुर्दैछ । विवाहका लगन लक्षित गरी गीतसंगीतमा विवाहका भाकाहरु बजारमा आउन थालेका छन् । 
यस्तैमा पञ्चेबाजाले भरिएको गीत ‘ नाच्दा नाच्दै बाजा तालमा’ बोलको गीत बजारमा आएको छ । गीतमा गायक भुवन सापकोटा र गायिका जुनाशिरिश मगरको स्वर रहेको छ ।

शब्द तथा संगीत भूवनकै रहेको गीतमा बिनोद बाजुरालीको संगीत संयोजन छ । गीतको म्युजिक भिडियोमा भने मोडल निर्मल क्षेत्री र पुजन घिमिरेको नृत्य तथा रोमान्स् देख्न सकिन्छ ।
सिर्जन बरालको निर्देशन रहेको भिडियोलाई अमृत चापागाईले  सम्पादन गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप