बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

शिकार खेल्न गएका राउटे किशोरको भिरबाट लडेर मृत्यु

बुधबार, १० मङ्सिर २०७७, ०९ : ४९
बुधबार, १० मङ्सिर २०७७

बाँदरको शिकार खेल्न जङ्गल गएका एक राउटे किशोरको भिरबाट लडेर मृत्यु भएको छ । सुर्खेतको चिङ्गाड गाउँपालिकाको मेटलामा मङ्गलबार १६ वर्षीय टेकराज शाहीको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो ।

राउटे समुदायमा कार्यरत सामाजिक कार्यकर्ता लालबहादुर खत्रीले मृतक टेकराजलाई समुदायका अगुवाले मङ्गलबार साँझै गाडिसकेको बताए । आफ्ना सदस्यको मृत्यु भएसँगै राउटे समुदाय बस्ती सर्ने तयारीमा जुटेको छ । राउटेहरुमा समुदायका कुनै सदस्यको मृत्यु भएमा बसाइँ सर्ने प्रचलन छ । हाल यो समुदाय चिङ्गाड गाउँपालिका–५ मा पर्ने मेटलाखोला किनारमा छ । जङ्गलमा फिरन्ते जीवन बिताउने लोपोन्मुख राउटे समुदायको सङ्ख्या १४५ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप