शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जादुको छडी होइन भ्याक्सिन !

बुधबार, १० मङ्सिर २०७७, ०९ : ३९
बुधबार, १० मङ्सिर २०७७

अपेक्षा अहिलेबाटै बढ्न थालेको छ, शेयर बजार आकाशिएको छ । यो कुरा अलग हो कि कोभिड–१९ को भ्याक्सिन आउन अझै कम से कम दुुई महिना लाग्नसक्छ । भ्याक्सिन निर्माता कम्पनीहरुले अहिले आफ्नो भ्याक्सिनको प्रभावबारे लम्बा–चौडा दाबी गर्न थालिसकेका छन् ।  नयाँ वर्षको स्वागत गर्ने बित्तिकै भ्याक्सिनको स्वागत गर्ने घडी पनि आउने अपेक्षा छ । यद्यपी, धेरै अपेक्षा नगर्न विज्ञहरुले चेतावनी दिइरहेका छन् ।

भ्याक्सिन कुनै जादूको छडी होइन कि यो आउनसाथ कोरोना भाइरस आफ्नो बोरिया–बिस्तार बाँधेर हिँड्नेछ । भ्याक्सिन जतिसुकै प्रभावकारी किन नहोस्, यो भाइरस चाँडै जानेवाला छैन र हामीले यससँगै जिउन सिक्नुपर्छ भन्ने धेरैको सुुझाव छ ।

कुनै पनि भ्याक्सिनले रातारात महामारी समाप्त गरेको कुनै उदाहरण छैन । यसका बाबजुद यो साँचो हो कि भ्याक्सिन आधुुनिक चिकित्सा पद्धतिको सबैभन्दा ठूलो खोज हो । भ्याक्सिनको खोज सुरु भएबाटै आधुनिक चिकित्साको इतिहास सुरु भएको पनि मानिन्छ ।

त्यसो त कुनै भ्याक्सिन कहिल्यै जादुको छडी बन्न सकेको छैन । यदी हामीले ठेउलाको भ्याक्सिनको कुरा ग-यौँ भने सन् १७९६ मै एडर्व जेनरले यसको खोजी गरेका थिए, यो विश्वको पहिलो भ्याक्सिन थियो । तर, संसार ठेउलाबाट मुक्त हुन झन्डै दुुई शताब्दी समय लाग्यो । र, यस दौरान ठेउला लगातार सबैभन्दा धेरै दुःख दिने महामारी बनिरह्यो । सन् १९६७ सम्म पुरै विश्वले यो भ्याक्सिनलाई स्वीकार्ने मात्र होइन, ठूलो मात्रामा यसको प्रयोग गर्न पनि थालिसकेको थियो । तर, पनि यो वर्ष डेढ करोड मानिस ठेउलाबाट संक्रमित भएका थिए र यही वर्ष यस महामारीले २० लाख मानिसको ज्यान लिएको थियो ।

यसपछि बनेका धेरै रोगका भ्याक्सिन तुलनात्मक रुपमा धेरै प्रभावकारी साबित भए । तर, कुनै पनि भ्याक्सिनले रातारात महामारी समाप्त गरेको कुनै उदाहरण छैन । यसका बाबजुद यो साँचो हो कि भ्याक्सिन आधुुनिक चिकित्सा पद्धतिको सबैभन्दा ठूलो खोज हो । भ्याक्सिनको खोज सुरु भएबाटै आधुनिक चिकित्साको इतिहास सुरु भएको पनि मानिन्छ । भ्याक्सिनले विश्वका करोडौँ मानिसहरुको ज्यान जोगाउनमात्रै होइन, धेरै महामारी र रोगहरुविरुद्ध मानव जातिलाई सुरक्षाको स्पष्ट आश्वासन दिने काम पनि गरेको छ ।  एन्टीबायोटिकलाई पनि आधुनिक चिकित्सा प्रणालीको एउटा महत्त्वपूर्ण मोड मानिएको छ, तर यसको खोज भ्याक्सिनभन्दा धेरै पछिमात्रै भयो । धेरै विशेषज्ञहरुको बुुझाइमा एन्टीबायोटिक प्रभावकारी हुने समय अब समाप्त हुँदै गइरहेको छ र यसको विकल्प खोज्नुपर्ने समय आएको छ । तर भ्याक्सिनँसग यस्तो भएको छैन । बरु, अहिले जो भ्याक्सिन आउँदैछ, त्यो पहिलेभन्दा धेरै प्रभावकारी छ । अहिले चर्चा बटुलिरहेको कोभिड–१९ भ्याक्सिन ९० देखि ९५ प्रतिशतसम्म प्रभावकारी हुने दाबी गरिएको छ । बजारीकरणको प्रयाससहित गरिएका यस्ता दाबी अतिरञ्जित हुनसक्छन्, तर यो पनि साँचो हो कि यसअघि फ्लूका कुनै पनि भ्याक्सिन ५० प्रतिशतभन्दा धेरै प्रभावकारी थिएनन् । त्यसैले यदी यी दाबीमा १०–२० प्रतिशत कटौती गरेर पत्याउने हो भने पनि अहिलेको भ्याक्सिन निकै सफल हुनेवाला छन् । तरपनि जादुको छडी भने हुनेछैनन् ।

ठेउला, हैजा र प्लेगजस्ता महामारीले शताब्दी र सायद स्रहशताब्दीसम्म मानव सभ्यतालाई दुःख दिए, अनिमात्रै यसको भ्याक्सिन खोज्न सकियो । स्पेनिस फ्लूूले २० औँ शताब्दीको सुरुवाती वर्षमा करोडौँ मानिसहरुको ज्यान लियो, तर यस दौरान भ्याक्सिन पत्ता लागेन । यो महामारी संसारलाई हर्ड–इम्युनिटी दिएर बिदा भयो ।

संसारभर कोभिड–१९ का डेढ वा दुुई दर्जन भ्याक्सिन निर्माणको काम चलिरहेको छ, यी भ्याक्सिनहरुको प्रभावकारीताको महत्त्व जति छ, त्यसभन्दा धेरै महत्त्व विकास प्रक्रियाको छ । नोबेल कोरोना भाइरसको पहिचान केवल एक वर्षअघिमात्रै भएको थियो, यसको संक्रमणबाट फैलने रोग अर्थात् कोभिड–१९ विश्वव्यापी महामारीमा बदलिनेछ भन्ने केहीपछि मात्रै सोचिएको हो । एक वर्षभित्रै यसका धेरै भ्याक्सिनमात्रै तयार भएनन्, बरु ती भ्याक्सिन मेडिकल परीक्षणका विभिन्न चरणसम्म पनि पुुगे, यो मानव सभ्यताको एउटा ठूलो उपलब्धि हो । इतिहासमा यस्तो पहिले कहिल्यै भएको थिएन ।

ठेउला, हैजा र प्लेगजस्ता महामारीले शताब्दी र सायद स्रहशताब्दीसम्म मानव सभ्यतालाई दुःख दिए, अनिमात्रै यसको भ्याक्सिन खोज्न सकियो । स्पेनिस फ्लूूले २० औँ शताब्दीको सुरुवाती वर्षमा करोडौँ मानिसहरुको ज्यान लियो, तर यस दौरान भ्याक्सिन पत्ता लागेन । यो महामारी संसारलाई हर्ड–इम्युनिटी दिएर बिदा भयो ।

एड्ससँग लड्ने तरिकाको धेरै खोज भयो, तर यसको भ्याक्सिन अझैसम्म खोज्न सकिएको छैन । यस्तोमा यदी कोरोना संक्रमणको भ्याक्सिन एक वर्षमै तयार भयो र १५ महिनामा व्यापक स्तरमा यसको प्रयोग शुरु हुन्छ भने र्यो चिकित्सा विज्ञानको एउटा ठूलो सफलता हो । यहाँ अर्को एक भ्याक्सिनबारे उल्लेख गर्न जरुरी छ – इबोलाको भ्याक्सिन । इबोला संक्रमण पहिलोपटक सन् १९७६ मै नाइजेरिया र सुुडानमा पत्ता लागेको थियो । र, विश्व स्वास्थ संगठनको अध्ययनअनुसार १९७६ देखि २०१२ सम्म २४ पटक यो संक्रमण धेरै अफ्रिकी देशहरुमा फैलियो । यद्यपी, यस संक्रमणको दायरा सिमित थियो, त्यसैले यसबारे एक हदसम्म मात्रै ध्यान दिइयो । तर, जब २०१८ मा यो रोग कङ्गोमा ठूलो रुपमा फैलियो, तब पहिलोपटक यसले वैश्विक महामारीको रुप लिनसक्ने भय बढ्यो, अनि भ्याक्सिनको खोजी सुरु गरियो ।

यो कुरा अलग हो कि इबोलाले वैश्विक महामारीको रुप लिएन, तर एक वर्षभित्रै यसको भ्याक्सिन  तयार गरिएको थियो । कोभिड–१९ का भ्याक्सिन विकासमा पनि यस्तै भइरहेको छ । इबोलाभन्दा विपरीत यो एउटा यस्तो रोग हो, जसबारे पहिलेदेखि नै कसैलाई केही थाहा थिएन । पछिल्लो एक वर्षदेखि पुरै विश्व जुन तरिकाले आर्थिक, सामाजिक र मानसिक दुुःखबाट गुज्रिएको छ, त्यसलाई हेर्दा हामीलाई एक वर्षको यो अवधि पनि लामो लाग्नसक्छ, तर साँचो यही हो कि हामी महामारीको भ्याक्सिन खोज्ने अन्तराललाई धेरै कम गर्न सफल भएका छौँ । तमाम दुःखबीच यो सबैभन्दा खुसीको खबर हो ।

(हरजिन्दर भारतका वरिष्ठ पत्रकार हुन् । यो लेख लाईभहिन्दूस्तान डटकमबाट साभार गरिएको हो । )

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हरजिंदर
हरजिंदर
लेखकबाट थप