शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतले चीनका थप ४३ एप्समाथि प्रतिबन्ध लगायो

बुधबार, १० मङ्सिर २०७७, ०६ : ४६
बुधबार, १० मङ्सिर २०७७

भारत सरकारले चीनका थप ४३ एप्समाथि प्रतिबन्ध लगाएको छ । यसमा चिनियाँ कम्पनी अलिबाबा ग्रुप्सको अलिबाबा एक्सप्रेस, अलिबाबा सप्लायर्स एप र अलिबाबा वर्क बेन्चजस्ता एप्स समावेश छन् । 

भारत सरकारकोे विद्युतीय तथा सूचन प्रविधि मन्त्रालयले यी एप्समाथि प्रतिबन्ध लगाउने आदेश जारी गरेको हो । 

मन्त्रालयले जारी गरिएको बयानमा भनेको छ, ‘यो कारवाही यी एप्ससँग सम्बन्धित ती जानकारीको आधारमा लिइएको हो जसमार्फत् यो थाहा भएको छ कि यी एप्स भारतको स्वायत्तता र सुरक्षाका लागि खतरा छन् । मन्त्रालयले यो निर्णय इन्डियन साइबर क्राइम कोअर्डिनेशनको रिपोर्टको आधारमा लिएको छ ।’

यसअघि पनि भारत सरकारले चीनसँगको तिखो सम्बन्धका बीच सबैभन्दा पहिलो जूनमा ५९ चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको थियो । 

त्यसपछि सरकारले अर्कोपटक थप ४७ एप्समाथि प्रतिबन्ध लगाएको थियो । सप्टेम्बर महिनामा एकपटक पुनः पबजीसमेत ११८ चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप