ट्रिपल बधाई, सर !
(खगेन्द्र संग्रौलासँग चन्द्र खाकीको फोन–वार्तां)
‘ट्रिपल बधाई, सर !’
‘बधाई, त्यसमाथि ट्रिपल ?’
‘सुखद् संयोग त्यस्तै पर्नगयो त, सर ।’
‘बुझिनँ । के–के संयोग ? के–को ट्रिपल ? के–को सुखद् बधाई ?’
‘थाहा छ, मंसिर १० गते सरको जन्मदिन हो । सरलाई पचहत्तर वर्ष प्रवेशको हार्दिक बधाई । जीवनी लेखनको बधाई । र, समग्र रचना प्रकाशनको बधाई । त्यसैले ट्रिपल बधाई !’
‘(हाँस्दै) ए, कुरो त्यो पो ? पहिलो बधाई ल भैगो जसोतसो मैले मानेँ । पछिल्ला दुई बधाई मुल्तबीमा जाऊन् ।’
ए, कुरो त्यो पो ? पहिलो बधाई ल भैगो जसोतसो मैले मानेँ । पछिल्ला दुई बधाई मुल्तबीमा जाऊन् ।’
‘मुल्तबी माने थाती रहुन् भन्या हो, सर ?’
‘त्यस्तै–त्यस्तै हो । ’
‘पोहोरै जीवनी आउने त्यत्रो उद्घोष भा’थ्यो । अहिले समग्र आउने यत्रो प्रचारबाजी छ । अनि निराश लाग्ने लबजमा किन मुल्बती ?’
‘निराश लाग्ने होइन, यथार्थपरक लबज हो यो । कुनै पनि कर्म गरिभ्याएर मात्र गरेको ठहर्छ, मुखले भन्दैमा गरेको ठहर्दैन ।’
‘अनि त्यत्रो उद्घोष ? यत्रो प्रचारबाजी ? यो खालि भन्न र नगर्न भनेको हो त, सर ?’
‘कुरो त्यस्सै पनि होइन । पोहोर साच–दशजना पत्रकारलाई साछी राखेर प्रायोजक, लेखक र प्रकाशकले जीवनीको उद्घोष गरेकै हुन् । सार्वजनिक हुने मितिधरी किटान गर्या’थे— गत बैशाख १ गते । यसबीच कोरोना महाव्याधिले धक्का दियो । र, यस्ता थुप्रो उद्घोष विस्मृतप्रायः हुनपुगे ।’
‘कोरोनाको बहानामा यो त्यत्तिकै फासफुस भ’को हो त, सर ?’
‘हो, किनभने आउँछ भन्या बेलाँ यो आएन, कहिले आउँछ त्यो भन्या छैन । होइन, किनभने गर्छु भन्नेले मैले हात उठाएँ भन्या छैन ।’
‘कुरो यसो हो, चन्द्रजी । जसको जीवनी लेखिन्छ, ऊ त केवल जीवनीको कथ्य हो, कर्ता होइन । कथ्य स्वयंले कर्म गर्दैन । तसर्थ तपाईंको प्रश्नको उत्तर कथ्यले दिन सक्दैन । रोटी पाक्न ताप्के ताप्नुपर्छ, बिँडले ताहुरमाहुर गरेर के नापिन्छ ?’
‘लेख्ने काम त भइराख्या होला नि, सर ।’
‘त्यो लेखाउने, लेख्ने र छाप्नेले जान्ने कुरा हो ।’
‘जीवनी लेखिने सरको, सरलाई नै थाहा नहुने ? कुरो पनि !’
‘कुरो यसो हो, चन्द्रजी । जसको जीवनी लेखिन्छ, ऊ त केवल जीवनीको कथ्य हो, कर्ता होइन । कथ्य स्वयंले कर्म गर्दैन । तसर्थ तपाईँको प्रश्नको उत्तर कथ्यले दिन सक्दैन । रोटी पाक्न ताप्के ताप्नुपर्छ, बिँडले ताहुरमाहुर गरेर के नापिन्छ ?’
‘खै, सरको कुरो बुझियो भनूँ कि बुझिएन भनूँ । अलमल भो ।’
‘कुचक्री कोरोनाका कारण कर्म नै अलमलमा छ त कुरो छ्याङ्ग बुझियोस् कसरी ?’
‘समग्र रचना प्रकाशनको कुरो त कुरैमात्र नहोला नि, सर ?’
‘कुराले साकार रुप नलिउन्जेल कुरो कुरैको औतारमा रहन्छ । मेलम्चीबाट पानी ल्याउने कथाको कुरो सम्झनोस् । कुरो सुरु भएको तीन दसक भयो । अस्ति दुईवटा गेट भत्काएर पाखैपाखा बग्दै पानी झन्डै हाम्रा कलधारामा नआएको ! गोर्खे अग्रसरता, हुटहुटी, कार्य–दक्षता, कार्यगति एवं विलम्ब परिणतिको विशिष्ट उदाहरण यो हो । आखिर मेलम्चीको पानी त एक न एक दिन आउने नै भयो भने जीवनी किन नआउने ? समग्र रचना प्रकाशन किन नहुने ?’
कुराले साकार रुप नलिउन्जेल कुरो कुरैको औतारमा रहन्छ । मेलम्चीबाट पानी ल्याउने कथाको कुरो सम्झनोस् । कुरो सुरु भएको तीन दसक भयो । अस्ति दुईवटा गेट भत्काएर पाखैपाखा बग्दै पानी झन्डै हाम्रा कलधारामा नआएको ! गोर्खे अग्रसरता, हुटहुटी, कार्य–दक्षता, कार्यगति एवं विलम्ब परिणतिको विशिष्ट उदाहरण यो हो ।
‘यो त घोर निराश कुरा भो, सर !’
‘यसो सुन्दा सतहमा कुरो निराशजस्तो लाग्ला । तर निराशाको पत्रभित्र देश, काल, परिस्थति सापेक्ष आशा मनग्गे छ । समय असीमित छ । यो असीमित समयमा ढिलोचाँडो जे पनि हुन्छ । जीवनी पनि हुन्छ, समग्र पनि हुन्छ ।’
‘वर्ष दिनभित्र समग्र रचना छाप्न केही तरुण कविहरु धम्मरधुस लाग्या सुनिन्छ त, सर ।’
‘सत्य हो, चन्द्रजी, लाग्या छन् । नयाँ प्रकाशनको नाम छ— बेला पब्लिकेसन्स । प्रकाशनका तरुण कविहरुमा केही चीज प्रचूर मात्रामा छ भने त्यो आकांक्षा र उमङ्ग हो । बाँकी सबै कुराको दुःख छ । वित्तीय बन्दोबस्तको दुःख छ । प्रकाशन अनुभवको दुःख छ । बजार व्यवस्थापन कलाको दुःख छ । अझ त्यसमाथि कोरोना माहामारीले गर्दा पाठकगणमा पठन जिज्ञासा र क्रयशक्तिको क्षय भएको असहज अवस्था छ । अनि ?’
‘यसको मतलब समग्र रचना प्रकाशन नहुने भो, हैन्त सर ?’
‘नहुने भो मैले कहाँ भन्या छु ? प्रकाशन भएपछि बल्ल ‘ए यो भयो’ भनेर बुझ्नुपर्छ ।’
‘सरको कुरो बुझ्नै गाह्रो !’
‘मान्छेका सबै पौरख र सिद्धिको वीज, भ्रूण वा प्रस्थान विन्दु आखिर आकांक्षा र उमङ्ग त हो । जहाँ आकांक्षा छ, त्यहाँ कर्म गर्ने चेष्टा हुन्छ । जहाँ उमङ्ग छ, त्यहाँ कर्मले गति लिन्छ । कर्मको नित्य गतिले मान्छेलाई छिटोढिलो ताकेको फल हात लगाउँछ ।’
‘सरको हकमा यो छिटोढिलो भन्या कहिले हो ?’
‘भय र अनिश्चय कुचक्री कोरोनाकालका अत्यासलाग्दा लक्षण हुन् । समाजका सबै कार्य–व्यापार भय र अनिश्चयको भुमरीमा परेका छन् । यस्तोमा कसैको जीवनी र समग्र रचनाले साकार रुप लिने समय कसरी निश्चित होस् ?’
‘भय र अनिश्चय कुचक्री कोरोनाकालका अत्यासलाग्दा लक्षण हुन् । समाजका सबै कार्य–व्यापार भय र अनिश्चयको भुमरीमा परेका छन् । यस्तोमा कसैको जीवनी र समग्र रचनाले साकार रुप लिने समय कसरी निश्चित होस् ?’
‘म फेरि जन्मदिनतिरै फर्केँ, सर ।’
‘आज्ञा होस् ।’
‘जन्मदिनबारे सरको अनुभूति, धारणा, विचार....?’
‘म जुन समय, भूगोल र संस्कृतिमा हुर्केँ, त्यहाँ जन्मदिन मान्ने चलन थिएन । त्यहाँ त जन्मदिनको केवल गणीतीय अर्थमात्र थियो । जस्तो कि फलानो आज चौहत्तर पुगेर पचहत्तर लाग्यो ।’
‘उसोभए जन्मदिनमा तपाईँलाई उत्सवी आनन्दको अनुभूति कत्ति नि हुन्न त, सर ?’
‘अहँ, हुँदैन । मैले झेलेको संस्कृतिमा जन्मदिन न कुनै उत्सव थियो न उत्सवी आनन्दको मुहान । त्यसैले मेरो संस्कारजन्य मानसमा जन्मदिन न उल्लास भएर आउँछ, न आनन्द लिएर आउँछ ।’
‘तपाईँको दृष्टिमा जन्मदिन आखिर हो चैँ के त ?’
‘मेरालागि जन्मदिन दुई थोक हो । यो म एक वर्ष बढी बाँच्न पाएँ भन्ने हर्षको द्योतक हो । र, यो म एक वर्षले मृत्युको नजिक पुगेँ भन्ने बिस्मात्को सूचक हो । जन्मदिनको अर्थ मेरा लागि द्वन्द्वात्मक छ ।’
‘मेरा लागि यो दुई थोक हो । यो म एक वर्ष बढी बाँच्न पाएँ भन्ने हर्षको द्योतक हो । र, यो म एक वर्षले मृत्युको नजिक पुगेँ भन्ने बिस्मात्को सूचक हो । जन्मदिनको अर्थ मेरा लागि द्वन्द्वात्मक छ ।’
‘जन्मदिनको बधाई दिने शुभचिन्तक जनलाई सरको प्रत्युत्तर के हुन्छ ?’
‘प्रायः केही हुँदैन ।’
‘शुभकामनाको ओइरो लागिरहन्छ, सरचाहिँ चपचाप ?’
‘हो, यन्त्रवत्ररुपले अभिव्यक्त हुने अपवादजन्य धन्यवाद सिवाय म चुपचाप !’
‘जे होस्, यो सदैव–शुभचिन्तकको सरलाई ट्रिपल बधाई ! सरलाई अझै स्वस्थ, सक्रिय र सिर्जनशील दीर्घ जीवनले साथ देओस् !’
‘धन्यवाद, चन्द्रजी !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरद्वारा उपविजेता नेपाली महिला टोलीलाई २५ लाख नगदसहित सम्मान
-
रङ्गशालामा लाग्यो ओली विरुद्ध मुर्दावादको नारा
-
दिल्लीमा तीव्र वायु प्रदुषण
-
महाकविको ११६ औँ जन्मजयन्तीको अवसरमा कविता वाचन
-
बंगलादेशसँग हारेसँगै राजेन्द्र तामाङद्वारा मुख्य प्रशिक्षक छाड्ने घोषणा
-
प्रहरीका दुई जना डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस