
अफगानिस्तानको बामियान शहरमा बम विष्फोट, १७ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको बामियान शहरमा भएको बम विष्फोटमा परेर १७ जनाको मृत्यु भएको छ । विष्फोटमा परेर ५० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् । बामियान अफगानिस्तानको अत्यन्तै सुरक्षित प्रान्तहरुमध्ये एक हो । विष्फोटमा परेर मृत्यु हुनेमा एक ट्राफिक प्रहरी समेत रहेका छन् । मंगलबार अफगान राष्ट्रपति असरफ घानी क्षेत्रीय सहयोग संगठनको बैठकमा सहभागी भैरहेका बेला विष्फोट भएको हो ।
राष्ट्रपति घानीले बैठकमा दिगो शान्ति निर्माण गर्न कडा क्षेत्रीय जागरण आवश्यक भएकोमा जोड दिएका छन् । बामियान शहरको बीच बजारमा विष्फोट भएको स्थानीय अधिकारीहको भनाई उदृत गर्दै टोलो न्युजले जनाएको छ । अहिलेसम्म विष्फोटको जिम्मा कसैले लिएको छैन ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ