शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल उद्योग वाणिज्य महासंघको अधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर

मङ्गलबार, ०९ मङ्सिर २०७७, २३ : २६
मङ्गलबार, ०९ मङ्सिर २०७७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष शिवशंकर साहले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । साहले महासंघको अधिवेशन स्थापित मान्यता र विधान विपरित हुन गैरहेको भन्दै रोक्न माग गर्दै रिट दायर गरेका छन् ।

साहले यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पनि अधिवेशन रोक्न माग गर्दै निवेदन दिएका थिए । उक्त निवेदनमाथि सुनुवाइ नभएको भन्दै उनी सर्वोच्च अदालत गएका हुन् । अधिवेशनका उद्घाटन यही ११ गते हुँदैछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप