विश्वका सय प्रतिभाशाली महिलाहरुको सूचीमा पर्ने सपना के भन्छिन् ? (भिडियो)

काठमाडौं । बीबीसीमार्फत विश्वका सय प्रतिभासाली र प्रेरणादायी महिलाहरुको सूचीमा पर्न सफल भएकी सपना रोकामगरले आफुलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छिन् । बीबीसीले विश्वभरका सय प्रतिभाशाली महिलाहरुको सूचीमा नाम प्रकाशित गरेलगत्तै एक भिडियो सन्देशमार्फत उनले सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेकी हुन् ।
भिडियोमार्फत सपनाले सफलताका धैर्यतापूर्वक आफ्नो अभियानमा लागे सफलता चुम्न सकिने समेत बताएकी छिन् । बीबीसीले विश्वभरका सय महिलाहरुको सूची सार्वजनिक गरिरहँदा गृहजिल्ला म्याग्दीको गाउँमा रहेकी सपनाले आफु उक्त सूचीमा परेको खबर सुनेलगत्तै निकै खुसी भएको अनुभव सुनाएकी छिन् ।
सडक र गल्लीहरुमा भेटिएका बेवारिसे व्यक्ति र शवहरुको व्यवस्थापनमा जुटिरहेकी उनी यो बेला भने आफ्नो जन्मदिनमा प्राप्त भएको उपहार(आर्थिक सहयोग) लिएर म्याग्दीको बुकेनी गाउँमा पुगेकी छिन् । आर्थिक रुपमा अत्यन्तै पिछडिएका गरिबहरुलाई आर्थिक सहयोग गर्न उनी गाउँ पुगेकी हुन् । बुकेनी गाउँ उनको जन्मस्थान समेत हो ।
आफ्नो जन्मदिनका दिन विदेशमा बसेका सहयोगी मनहरुले पठाएको पैसा र त्यसबाट प्राप्त भएको सामान उनले गाउँमा गएर बाँडेकी छिन् । एक महिनादेखि सो अभियानमा रहेकी उनले आफुलाई यस्तो काम गर्न पाउँदा खुसी लाग्ने बताइन् । उनले आफुलाई शुभकामनासहितको साथ र हौसला दिनेलाई धन्यवाद दिएकी छिन् । उनले मिडियाकर्मीहरुलाई समेत धन्यवाद दिएकी छिन् । मिडियाकर्मीहरुले आफुहरुले गरेको कामको प्रसारण गरिदिएकोले नै आफुले यो सफलता चुमेको बताइन् ।
हेर्नुहोस् भिडियोः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीमा हार व्यहोरेर पनि बार्सिलोना च्याम्पियन्स लिगको सेमीफाइनलमा
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?
-
सुनसरी गोली प्रहार घटनामा संलग्न तीन जना पक्राउ
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?