भारतीय विदेशमन्त्री एकैपटक ३ देशको भ्रमणमा जाँदै

एजेन्सी । भारतीय विदेशमन्त्री एस जयशंकर बहराइन, युनाइटेड अरब इमिरेट्स र सेसाइल्सको भ्रमणमा जाने भएका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार विदेशमन्त्री जयशंकर मंगलबारदेखि नै ती देशको भ्रमणमा जान लागेका हुन् ।
उनले ती देशमा पुगेर त्यहाँका कार्यकारी प्रमुखहरुसँग आपसी भेटवार्ता गर्नुहुने भएको पनि समाचारमा जनाइएको छ । भारतको विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति प्रकाशन गरेर यही नोभेम्बर २४ देखि २९ सम्म विदेशमन्त्री जयशंकरले ती देशहरुको भ्रमण गर्नुहुने जानकारी दिएको छ । सो विज्ञप्तिमा उनले मंगलबारदेखि बुधबारसम्म उनले बहराइनको भ्रमण गर्ने जनाइएको छ । उनले बहराइन भ्रमणका क्रममा त्यहाँका प्रधानमन्त्री खालिफा बिन सलाम अली खालिफाको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गर्नेछन् ।
उनको असामयिक निधनप्रति विदेशमन्त्री जयशंकरले आफ्नो व्यक्तिगत तर्फबाट तथा भारत र भारतीय नागरिकका तर्फबाट पनि श्रद्धाञ्जलि व्यक्त गर्नुहुने कार्यक्रम रहेको पनि सो विज्ञप्तिमा जनाइएको छ । त्यसपछि उनी संयुक्त अरब इमिरेट्स पुग्नेछन् । त्यसैगरी उनी यस भ्रमणको अन्तिममा सेसाइल्स पुग्नेछन् । सेसाइल्समा उनले सो देशका हालै निर्वाचित राष्ट्रपति वेवल रामकलवानसँग भेटवार्ता गर्ने कार्यक्रमा रहेको बताइएको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते