केन्द्रीय संस्करण

भारतीय विदेशमन्त्री एकैपटक ३ देशको भ्रमणमा जाँदै

person explore access_timeमंसिर ९, २०७७ chat_bubble_outline0

एजेन्सी । भारतीय विदेशमन्त्री एस जयशंकर बहराइन, युनाइटेड अरब इमिरेट्स र सेसाइल्सको भ्रमणमा जाने भएका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार विदेशमन्त्री जयशंकर मंगलबारदेखि नै ती देशको भ्रमणमा जान लागेका हुन् ।

उनले ती देशमा पुगेर त्यहाँका कार्यकारी प्रमुखहरुसँग आपसी भेटवार्ता गर्नुहुने भएको पनि समाचारमा जनाइएको छ । भारतको विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति प्रकाशन गरेर यही नोभेम्बर २४ देखि २९ सम्म विदेशमन्त्री जयशंकरले ती देशहरुको भ्रमण गर्नुहुने जानकारी दिएको छ । सो विज्ञप्तिमा उनले मंगलबारदेखि बुधबारसम्म उनले बहराइनको भ्रमण गर्ने जनाइएको छ । उनले बहराइन भ्रमणका क्रममा त्यहाँका प्रधानमन्त्री खालिफा बिन सलाम अली खालिफाको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गर्नेछन् ।

उनको असामयिक निधनप्रति विदेशमन्त्री जयशंकरले आफ्नो व्यक्तिगत तर्फबाट तथा भारत र भारतीय नागरिकका तर्फबाट पनि श्रद्धाञ्जलि व्यक्त गर्नुहुने कार्यक्रम रहेको पनि सो विज्ञप्तिमा जनाइएको छ । त्यसपछि उनी संयुक्त अरब इमिरेट्स पुग्नेछन् । त्यसैगरी उनी यस भ्रमणको अन्तिममा सेसाइल्स पुग्नेछन् । सेसाइल्समा उनले सो देशका हालै निर्वाचित राष्ट्रपति वेवल रामकलवानसँग भेटवार्ता गर्ने कार्यक्रमा रहेको बताइएको छ । –एएनआई
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.