मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पर्सामा अवैध हतियारसहित एक पक्राउ

मङ्गलबार, ०९ मङ्सिर २०७७, २१ : ५५
मङ्गलबार, ०९ मङ्सिर २०७७

पर्सामा अवैध हतियारसहित एक जना पक्राउ परेका छन् । सर्लाही बलरा नगरपालिका वडा नम्बर १० स्थित सुदामा घर भई हाल पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर ११ स्थित दुर्गा टोल बस्ने ४९ वर्षीय जितेन्द्र प्रसाद सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।
आरोपित सिंहले आफ्नो घरमा अवैध हात-हतियार लुकाइ छिपाइ राखेको भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर तथा विर्ताबाट खटिएको प्रहरी टोलीले पेस्तोलसहित नियन्त्रणमा लिएको हो ।
यसबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप