पाकिस्तानमा कोरोना संक्रमित बढ्दै, हालसम्म कति पुगे ?
पाकिस्तानमा गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका बताइएको छ । गएको जुलाई ७ यताकै सबैभन्दा धेरै संक्रमित भेटिएका पाकिस्तानको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
सो मन्त्रालयका अनुसार यहाँ एकै दिनमा गएको २४ घन्टायता २ हजार ९५४ जना संक्रमित भेटिएका हुन् ।यहाँ पछिल्लो समयमा कोरोना भाइरसका संक्रमितहरु झन् बढ्दै गएको देखिएको छ । प्राप्त समाचारअनुसार यहाँ यो संगै संक्रमितको संख्या ३ लाख ७९ हजार ८८३ जना पुगेको छ ।
यहाँ भाइरसको संक्रमणबाट ७ हजार ७४४ जनाको ज्यान गएको छ । हाल यहाँ ४० हजारभन्दा बढी सक्रिय संक्रमित रहेका बताइएको छ ।यहाँ पछिल्लो समयमा भाइरसको संक्रमण बढ्दै गएपछि कतिपय राज्यहरुमा सार्वजनिक काममा प्रतिबन्ध लगाइएको छ ।
पाकिस्तानमा शुरुमा संक्रमण त्यति नरहेको र निको हुने दर पनि राम्रो रहेको बताइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट, कारबाही गरेर देखाउन शिक्षक महासङ्घको चेतावनी
-
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, सात जना गम्भीर
-
प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट
-
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
-
अङ्ग्रेजसँगको युद्धमा मधेसका जनताले लडेको इतिहास झल्काउने 'स्मृति उद्यान' बजेट अभावमा अलपत्र
-
इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति