बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

निकारागुवामा भएको सडक दुर्घटनामा १७ को मृत्यु, २५ घाइते

मङ्गलबार, ०९ मङ्सिर २०७७, २१ : ४६
मङ्गलबार, ०९ मङ्सिर २०७७

निकारागुवामा मंगलबार भएको सडक दुर्घटनामा परी कम्तीमा पनि १७ जनाको ज्यान गएको छ । सो दुर्घटनामा परेर अरु २५ जना घाइते भएका यहाँका केही स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।  

निकारागुवाको मोन्टानिटा भन्ने स्थानको राजमार्गमा सडक दुर्घटनामा परेको थियो । उक्त क्षेत्रको वासलाहामा यात्रुबाहक सवारी दुर्घटना हुदा ती व्यक्तिको ज्यान गएको हो ।
यात्रुहरु लिएर हिँडेको ट्रक दुर्घटनामा परेको र त्यसमा रहेका यात्रुहरुको ज्यान गएको बताइएको छ ।

घाइतेहरुको उपचार जारी रहेको बताइएको छ । वासाला नगरका प्रमुख जर्मन भर्गासले उक्त क्षेत्रमा भएको सो दुर्घटना खतरनाक रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप