शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

झोलुङ्गे पुल निर्माणलाई गति दिन राष्ट्रियसभा अध्यक्षको आग्रह

मङ्गलबार, ०९ मङ्सिर २०७७, २१ : ३७
मङ्गलबार, ०९ मङ्सिर २०७७

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित बहुचर्चित भूमि सुस्ता जोड्ने गरी नारायणी नदीमा बन्न लागेको झोलुङ्गे पुल निर्माणलाई गति दिन आग्रह गरेका छन् । बजेट अभावकै कारण पुल निर्माणमा ढिलाई हुन नदिने उनले प्रतिबद्धतासमेत व्यक्त गरे । 

अध्यक्ष तिमिल्सिनाले सुस्ता गाउँपालिका–५ पक्लिहवास्थित पुल निर्माण भइरहेको स्थलको आज स्थलगत निरीक्षण गर्दै झोलुङ्ग पुल समयमै निर्माण सम्पन्न गर्न सबैको सहयोग र खबरदारी आवश्यक रहेकोमा जोड दिए । विसं २०७२ मै सम्पन्न भइसक्नुपर्ने झोलुङ्गे पुल लामो समय वित्दा पनि निर्माण सम्पन्न हुन सकेको अवस्था छैन । 

डेढ वर्ष अघि पहिलो पटक निरीक्षणमा आउँदा पुल निर्माण अवरुद्ध देखेपछि आफूले सम्बन्धित मन्त्रालय र निर्माण व्यवसायीलाई घच्घचाउँदै आएको र त्यसको प्रगतिको अवस्था हेर्न दोस्रो पटक उक्त निर्माणाधीन झोलुङ्ग पुलको निरीक्षणमा आएको उनले बताए  । 
अहिलेसम्म झोलुङ्गे पुलको २० प्रतिशत निर्माण कार्य सम्पन्न भएको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी गराए  । 
वर्षातको कारणले अहिले निर्माणको काम अवरुद्ध रहेको भन्दै कुनै अवरोध नआएमा अवको १८ महिनामा पुल निर्माण सम्पन्न गरी हस्तान्तरण हुने अध्यक्ष पाण्डेले बताए । यहाँ पुल निर्माण सम्पन्न भएपछि सुस्तावासीलाई वारपार गर्न सहज हुने सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप