शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कुनैपनि हालतमा सरकार परिवर्तन हुँदैनः मन्त्री श्रेष्ठ

मङ्गलबार, ०९ मङ्सिर २०७७, २० : ५८
मङ्गलबार, ०९ मङ्सिर २०७७

 विराटनगर । सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले कुनैपनि हालतमा वर्तमान सरकार परिवर्तन नहुने बताएका छन् । विराटनगरमा मंगलबार संचारकर्मीहरुसंग कुरागर्दै मन्त्री श्रेष्ठले  नेपाली जनताले पाँच वर्षसम्म सरकार चलाउने म्यान्डेड दिएकाले आफनो अवधि पूरा नभएसम्म सरकार परिवर्तन नहुने बताएका हुन् । 

जनताले पाँच वर्षे म्यान्डेड दिएको भन्दै मन्त्री श्रेष्ठले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहने यो सरकारलाई कुनैपनि ताकतले पनि गिराउन सक्दैन । यो नेपाली जनताको माया र शक्तिमा अडिएको सरकार हो ।’
 मुलुकको राजनिति स्थायित्व, विकास र सम्वृद्धिका लागि आफ्नो पार्टीलाई दुई तिहाई नजिकको जनताको समर्थन रहेकाले प्रधानमंत्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार पूर्ण अवधि सम्म चल्ने उनको भनाइ थियो । 

उनले नेकपा ठूलो पार्टी भएकाले पार्टी भित्र केही असहमति हुनु स्वाभाविकै भएकाले अहिले देखिएको विवादलाई कुशल व्यवस्थापन गर्न पार्टी नेतृत्व संक्षम रहेको धारणा राखे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप