शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रातो पहिरनमा ब्युटिफुल सना, विवाहपछि फेरिन् नाम

मङ्गलबार, ०९ मङ्सिर २०७७, १८ : ३३
मङ्गलबार, ०९ मङ्सिर २०७७

मुम्बई । बिग बोस फेम सना खान अचेल आफ्नो विवाहको कारणले चर्चामा छिन् । पछिल्लो समय उनले फिल्म क्षेत्र छोडेर आफुलाई अल्लाहमा समर्पित गरेकी छन् । सनाले २० नोमेम्बरमा मुफ्ती अनस सैयदसँग विवाह गरेकी हुन् । बिवाहपछि उनले आफ्नो नाम समेत परिवर्तन गरेकी छन् । जसको जानकारी उनले सामाजिक सञ्जालबाट गराएकी हुन् ।

सनाले परिवर्तन गरेको नाम सैयद सना खान हो । अहिले उनले विवाहको पहिलो तस्बिर समेत शेयर गरेकी छन् । तस्बिरमा सनालाई पति मुफ्ती अनस सैयदको साथमा देख्न सकिन्छ । तस्बिरमा सनाले रातो कलरको लेहंगा लगाएकी छन् भने उनका पति सेतो कलरको आउटफिटमा देखिएका छन् । सना रातो लेहेंगामा निकै सुन्दर देखिएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप