
चर्चित नाटक ‘बोक्सीको घर’ को कथामा फिल्म बन्ने

काठमाडौं । केही वर्ष अगाडि मञ्चन भएको चर्चित नाटक ‘बोक्सीको घर’ कै कथामा फिल्म समेत निर्माण हुने भएको छ । अभिनेत्री केकी अधिकारीले यो नाटकलाई फिल्ममा ढाल्न लागेकी हुन् । अभिनेत्री सरिता गिरीको एकल अभिनय रहेको वि.सं २०७३ को साउन र भदौमा अनामनगरस्थित मण्डला थियटरमा सफलतापूर्वक मञ्चन भएको यो नाटकका लेखक तथा निर्देशक सुलक्षण भारती हुन् ।
फिल्म भने भारतीले सुब्रतराज आचार्यसँगको सहकार्यमा निर्देशन गर्न लागेकी हुन् । फिल्ममा अभिनेता गौरव पहारी र अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहनेछ । अन्य कलाकार भने छनौटको क्रममा छ । ‘विगत डेढ महिनादेखि हामी वर्कसप र प्रिप्रोडक्सन चरणमा छौं । चार महिनाको वर्कसपपछि फिल्मको छायाँकन थालिने छ’ निर्देशक सुब्रत आचार्यले भने । ‘बोक्सीको घर’ को निर्माता वरिष्ठ रंगकर्मी एवं निर्देशक बद्री अधिकारी र कार्यकारी निर्माता विशाल भण्डारी हुन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ