शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटारलाई प्रचण्डभन्दा माधव नेपाल पराइ !

ओलीको निष्कर्ष : प्रचण्डभन्दा माधव जब्बर
मङ्गलबार, ०९ मङ्सिर २०७७, १६ : ३८
मङ्गलबार, ०९ मङ्सिर २०७७

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधान गर्ने उद्देश्यले पहलहरु भइरहेका छन् । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा छुट्टै राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने प्रस्ताव राखेसँगै अहिले नेकपाभित्रको शक्ति संघर्ष ‘कुलिङ पिरियड’ मा सीमित भएको छ । यद्यपि पार्टीभित्रको विवादले कुन रुप लिने हो भन्नेबारे चर्चा परिचर्चा कायमै छ ।

त्यसो त, पार्टीभित्र दुई अध्यक्षबीचको शक्ति संघर्ष कै परिणामस्वरुप नेकपाभित्र अहिले विवाद चर्किएको तर्क गर्नेहरु प्रशस्त छन् । तर जानकारहरु नेकपाभित्र त्रिपक्षीय शक्ति संघर्ष बढ्दै गएका कारण पार्टीभित्रको विवाद यो अवस्थामा आइपुगेको बताउँछन् ।

उनीहरुको भनाइअनुसार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको शक्तिसंघर्ष जारी रहेकै समयमा अर्का प्रभावशाली नेता माधवकुमार नेपालले पनि आफ्नो राजनीतिक अस्तित्वका लागि फरक कोणबाट संघर्ष जारी राखेका छन् ।

ओलीको प्रश्न नसकिँदै स्थायी समिति सदस्यसमेत रहेका एक नेताले भने, ‘अरु त ठिकै छ, तर माधव कमरेड अलि कडा रुपमा प्रस्तुत भइरहनुभएको छ ।’

नेता नेपालले कार्यकारी अध्यक्ष प्रचण्डलाई पछिल्लो समय मित्रवत् व्यवहार गरेका छन् भने प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई विवादको जडका रुपमा लिँदै आएका छन् । त्यसैले पनि पार्टीभित्रको शक्ति संघर्षमा ओलीविरुद्ध प्रचण्ड र नेपालबीच सहकार्य बढी हुने गरेको छ ।

कर्णाली प्रदेशमा नेकपा विवाद चर्किँदा ओली र प्रचण्ड पक्ष आमने सामने भएका थिए । तर उक्त विवादमा नेपाल पक्षले प्रचण्ड पक्षलाई साथ दिएपछि ओली पक्ष रक्षात्मक अवस्थामा पुगेको थियो ।

सचिवालय बैठकले दुई अध्यक्षबीच कार्यविभाजन टुङ्ग्याउँदै ओलीले सरकारको नेतृत्व गर्ने र प्रचण्डले पार्टीमा कार्यकारी भूमिका निर्वाह गर्ने तय गरे पनि पछिल्लो समय ओलीले पार्टीका काम कारवाहीमा समेत हस्तक्षेप गर्ने, पार्टी कमिटीका बैठक नराख्न दबाब तथा चेतावनी दिने गरेपछि प्रचण्ड–नेपाल पक्षले ओलीविरुद्ध मोर्चा खोलेका थिए । त्यसपछि नै पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको जानकारहरु बताउँछन् ।

‘देउवासँगको भेटवार्ता र जोडिएर आएका विषयमा पनि सामान्य कुराकानी भयो । बाहिर आएका प्रतिक्रिया र यथार्थताबारे पनि हामीले सामान्य जिज्ञाशा राख्यौँ । तर बाहिर आएजस्तो देउवा र अध्यक्ष ओलीबीच कुनै कुराकानी भएको छैन’, ओलीसँगको छलफलमा सहभागी एक नेताले भने, ‘बाहिर दुई अध्यक्ष नमिल्दा सम्भावित विकल्पमा अल्पमत र बहुमतको प्रचार भए पनि त्यो सम्भावनाभन्दा बाहिरको कुरा हो ।’

ओलीको ठहर

केहीदिन अघि यही मंसिर १३ गते बस्ने सचिवालय बैठकमा अध्यक्ष ओलीका तर्फबाट पेश गर्ने प्रस्तावबारे छलफल गर्न ईश्वर पोखरेल, विष्णु रिमाल र सुवास नेम्वाङलगायतका नेताहरु बालुवाटार पुगेका थिए ।

‘के छ बाहिरतिरको प्रतिक्रिया ?’, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले पार्टीको आन्तरिक विवादलाई लक्षित गर्दै प्रश्न गरे ।

ओलीको प्रश्न नसकिँदै स्थायी समिति सदस्यसमेत रहेका एक नेताले भने, ‘अरु त ठिकै छ, तर माधव कमरेड अलि कडा रुपमा प्रस्तुत भइरहनुभएको छ ।’

‘ए..,’ प्रतिउत्तरमा ओलीले जवाफ दिए ।

त्यसपछि नेताहरुले अध्यक्ष प्रचण्डलाई भेटेर प्रस्ताव फिर्ता लिन गरेको आग्रह, दुवै पक्षका दोस्रो तहका नेताहरुबीचको छलफल तथा त्यो छलफलमा व्यक्त आशय र प्रचण्डको १९ पेजको प्रस्ताव लगायतका विषयमा अध्यक्ष ओलीलाई नेताहरुले ब्रिफिङ गरेको स्रोत बताउँछ ।

सो क्रममा काँग्रेस सभापति देउवासँगको भेटवार्ता र सत्ता सहयात्राबारे चर्चामा आएका विषयमा समेत कुराकानी भएको थियो ।

‘देउवासँगको भेटवार्ता र जोडिएर आएका विषयमा पनि सामान्य कुराकानी भयो । बाहिर आएका प्रतिक्रिया र यथार्थताबारे पनि हामीले सामान्य जिज्ञाशा राख्यौँ । तर बाहिर आएजस्तो देउवा र अध्यक्ष ओलीबीच कुनै कुराकानी भएको छैन’, ओलीसँगको छलफलमा सहभागी एक नेताले भने, ‘बाहिर दुई अध्यक्ष नमिल्दा सम्भावित विकल्पमा अल्पमत र बहुमतको प्रचार भए पनि त्यो सम्भावनाभन्दा बाहिरको कुरा हो ।’

आफू निकट नेताहरुको कुरा सुनिसकेपछि ओलीले भनेका थिए– म पनि सहमतिको विपक्षमा त होइन । तर मैले जति नै भने पनि उनीहरु (प्रचण्ड पक्ष) बरु पार्टी नै फुटाउनेसम्मको योजनामा लाग्नुभएको छ भन्ने सुन्छु यस्तो अवस्थामा सहमतिको बटमलाइन केलाई मान्ने भन्ने प्रश्न जटिल छ ।

त्यसक्रममा प्रचण्डको १९ पेजको प्रस्ताव (ओलीको भाषामा आरोपपत्र) को जवाफ कसरी दिने भन्नेमा समेत नेताहरुबीच कुराकानी भएको थियो । त्यसमा ओली निकट नेताहरुले समस्या समाधानमा दुई अध्यक्ष मिल्नु नै सबैभन्दा बढी हितकर हुने र त्यही आसयको भाषा प्रतिवेदनमा राख्नुपर्नेमा जोड दिएका थिए ।

आफू निकट नेताहरुको कुरा सुनिसकेपछि ओलीले भनेका थिए– म पनि सहमतिको विपक्षमा त होइन । तर मैले जति नै भने पनि उनीहरु (प्रचण्ड पक्ष) बरु पार्टी नै फुटाउनेसम्मको योजनामा लाग्नुभएको छ भन्ने सुन्छु यस्तो अवस्थामा सहमतिको बटमलाइन केलाई मान्ने भन्ने प्रश्न जटिल छ ।

ओलीले थप प्रश्न गर्दै भने, ‘मैले त महाधिवेशनमा उठ्दिन र चुनावपछि पनि प्रधानमन्त्री हुदिनँ भनेकै छु । र पनि साथीहरु त्यागको कुरा गर्छन्, अनि कसरी हुन्छ ?’

स्रोतका अनुसार ओलीले प्रचण्डभन्दा पनि माधव नेपाल अलि बढी आक्रोशित भएको बताएका थिए । ‘तपाईंहरुलाई पनि थाहा नै छ, कुन कुन नेताहरुले के–के भन्दै आएका छन् । को बढी चर्को रुपमा प्रस्तुत भएका छन् भन्ने कुरा । तपाईहरुसँगको कुराकानीमा पनि प्रचण्ड ओपन नै रहेको बुझेको छु तर प्रचण्डभन्दा पनि माधवजीहरु बढी नै आक्रोशित भएको बुझेको छु । यसले समस्याको समाधान होइन, थप बल्झाउँछ,’ ओलीले छलफलमा आफ्नो विश्लेषण सुनाएका थिए ।

ओलीको विश्लेषण सुनिसकेपछि अन्य नेताहरुले आफुहरु सहमति जुटाउन लागिरहेको र अरु साथीहरु पनि उत्तिकै गम्भीरतापूर्वक यो प्रयत्नमा लागिरहेको बताएका थिए । ‘स्थिति त्यति स्वस्थचाहिँ छैन । तर पनि हामी थाकेकाचाहिँ छैनौँ,’ सहभागीमध्येका एक नेताले ओलीलाई विश्वास दिलाउन खोजेका थिए । ती नेताले माधव नेपाललाई मनाउन थप प्रयास समेत गर्ने बताएका थिए ।

त्यसो त ओलीले पार्टीमा आफु अल्पमतमा परेपछि नेताहरुलाई विभिन्न आश्वासन दिने गरेका छन् । उनले कहिले माधव नेपाल त कहिले वामदेव गौतमलाई बोलाएर आफूलाई सहयोग गर्न आग्रह गरेका समाचार यसअघि पनि पटक पटक सार्वजनिक भएका थिए । तर, ओलीको आश्वासनबाट धोका पाएका नेताहरु उनको कार्यशैलीमा सुधार नआएसम्म विश्वास गर्न नसकिने बताउँदै आएका छन् ।

‘ओलीले अहिलेसम्म आफ्नो पक्षमा पार्न कसैलाई पार्टी अध्यक्ष त कसैलाई प्रधानमन्त्री भन्दै धेरै पद बाँडिसकेका छन् । तर उनले आफ्नो स्वार्थको लागि सहमति गर्ने गरे पनि कार्यान्वयन नगर्ने प्रवृत्तिले धेरै नेता उनको भर पर्न छाडेका छन्’, एक सचिवालय सदस्यले भने, ‘अरुलाई अपमान गर्ने बानीले पनि उनी एक्लिदै गएका देखिन्छन् ।’

ओली–नेपाल तुष

पार्टीमा माधवकुमार नेपालको योगदान, संगठनमा उनको प्रभाव र पकडबारे ओली जानकार नभएका होइनन् । त्यसैले पनि पार्टी एकतालगत्तै उनले माधवकुमार नेपाललाई दुई अध्यक्षपछिको वरीयतामा राखेका थिए ।

तर विभिन्न नियुक्ति तथा जिम्मेवारी बाँडफाँटमा नेपाल पक्षलाई हिस्सा दिन नचाहेका उनले माधवकुमार नेपाललाई पन्छाउने योजना बनाए । यसै क्रममा उनले झलनाथ खनाललाई माधवकुमार नेपालभन्दा माथिको वरीयता दिलाए । उनको यो कदमले नेपाल र खनालबीच द्वन्द्व बढोस् भन्ने उद्देश्य राखेको भए पनि नेपाल र खनालले ओलीको चाललाई राम्ररी बुझिसकेका थिए । उनीहरु आपसमा जुटेर नै ओलीको उक्त चाललाई विफल तुल्याइ दिए ।

नेपाल र खनालबीचको सहकार्यले आफूलाई खतरा हुने महसुस गरी ओलीले प्रचण्डलाई साथमा लिने प्रयास गरे । सोही क्रममा उनले दुई अध्यक्षको जिम्मेवारी बाँडफाँटमा सहमति जनाए । तर कालान्तरमा उनले उक्त सहमतिलाई पनि पालना नगरी प्रचण्डलाई ‘प्रयोग’ मात्र गर्ने रणनीति अख्तियार गरे ।

विधि, पद्धति, प्रणाली र प्रक्रिया केही होइन, केवल म र मैले जे गर्छु त्यो बाहेक अरु सवै ठिक होइन भन्ने प्रवृतिले काम गरेको जस्तो देखिएको उनले बताए । अन्तरपार्टी नेता कार्यकर्ताको मामलामा पनि ओली अशिष्ट र अमर्यादित ढंगले प्रस्तुत हुने गर्दा उनले कहिले कसलाई र कहिले कसलाई साथ लिएर अघि बढ्नुपर्ने बाध्यता आइलागेको चौलागाईको बुझाइ छ ।

परिणामस्वरुप अहिले प्रचण्ड पक्ष र नेपालपक्ष पनि एकाकार भएर ओलीका तमाम रणनीतिलाई विफल तुल्याउन कम्मर कसेर लागेका छन् ।

‘ओलीको व्यवहार रुखो’

नेकपाका नेता पशुपति चौलागाईको बुझाइमा प्रधानमन्त्री तथा अध्यक्ष ओली कसैलाई पनि सम्मान गर्न रुचाउँदैनन् । ‘माधवकुमार नेपाललाईमात्रै होइन, उहाँले कसैलाई पनि सम्मान गर्न सक्नुभएन त्यसमा उहाँको दम्भले काम गरेको देखिन्छ’, चौलागाई भन्छन् ।

विधि, पद्धति, प्रणाली र प्रक्रिया केही होइन, केवल म र मैले जे गर्छु त्यो बाहेक अरु सवै ठिक होइन भन्ने प्रवृतिले काम गरेको जस्तो देखिएको उनले बताए । अन्तरपार्टी नेता कार्यकर्ताको मामलामा पनि ओली अशिष्ट र अमर्यादित ढंगले प्रस्तुत हुने गर्दा उनले कहिले कसलाई र कहिले कसलाई साथ लिएर अघि बढ्नुपर्ने बाध्यता आइलागेको चौलागाईको बुझाइ छ ।

‘यो ढंगले जाँदा पार्टी नेता र नेतृत्व सकिने सम्भावना बढ्छ भन्ने हामीले बुझेका छौँ’, उनी भन्छन्, ‘ओलीको यही विरोधी र छिमेकीसँग पनि विद्रोही भाषा शैलीले माधव नेपालसँगको सम्बन्ध सुध्रन नसकेको हुनसक्छ । कामको बाँडफाँटमा सामान्य सुझाव लिने गरेको देखिए पनि भाषा शैली र व्यवहार अपमानजनक हुने गरेको छ भन्ने मेरो व्यक्तिगत बुझाइ हो ।’

नेता चौलागाईले ओलीले पार्टीमा कमजोर महसुस गरेपछि पछिल्लो समय कहिले प्रचण्डलाई फकाउने र कहिले नेता नेपाललाई फकाएर आफुतिर पार्ने गरे पनि थिति बसाल्नतिर नलागेको बताए । तत्कालीन एमालेमा हुँदा ओलीले महासचिव ईश्वर पोखरेललाई हटाउँदादेखि अहिले रक्षा मन्त्रालयको जिम्मेवारी खोसेको उदाहरण दिँदै चौलागाईले वामदेव गौतमलाई कहिले प्रधानमन्त्री र कहिले के पद दिने भनेर दिएको आश्वसनबाटै पनि ओलीको चरित्र बुझ्न सकिने बताए । ‘उहाँले प्रत्येक मानिसलाई गर्ने व्यवहार समन्वयकारी नभएकैले उहाँसँग नेताहरुको सम्बन्ध दीर्घकालीन बन्न नसकेको जस्तो लाग्छ’, उनले भने, ‘पार्टी एकताकै सवालमा पनि कुनैबेला प्रचण्ड भनेर उच्चारण समेत गर्न नरुचाउने उनले पार्टीमा सल्लाहै नगरी एकता गरेको र साढे २ वर्षमै ओली र प्रचण्डबीच देखिएको अन्तरद्वन्द्व समन्वय अभावले हुनसक्ने आफुले बुझेको बताए ।

‘स्थायी समितिका निर्णय मान्दिन भनेर प्रधानमन्त्री तथा अध्यक्षले भन्नुभएको छैन । अब पनि यसैलाई टेकेर अगाडि बढ्दा निकासको बाटोमा पुग्न सकिन्छ । अरु केही र कतिपय कुराहरु महाधिवेशनमा लगेर निर्णय गर्दा भइहाल्छ’, नेम्वाङको भनाइ छ ।

अब के होला ?

नेकपा संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङले प्रधानमन्त्री ओली तथा अध्यक्ष प्रचण्डलाई भेटेर पार्टी एकता नटुटाउन आग्रह गरिरहेको बताए । ‘पार्टीमा संकट परेका बेला नेताहरुसँग छलफल र कुराकानी हुनु स्वाभाविक नै हो । आवश्यकता अनुसार दुवै नेताहरुसँग कुराकानी हुने गरेको छ’, नेम्वाङले होलसेलमा जवाफ दिए, ‘मैले दुवै अध्यक्षहरुसँगको भेटमा दुई अध्यक्ष मिल्नुको विकल्प छैन भन्दै आएको हुँ र फेरि पनि त्यही भन्छु । यसमा प्रचण्ड कमरेडले पनि बाटो बन्द भइसक्यो नभन्नुभएकाले झिनो आशा बाँकी नै छ ।’

उनले प्रचण्डसँगको भेटवार्तामा भएको कुराकानीलाई उद्धृत गर्दै भने, ‘मैले उहाँसँग भेट्दा पनि अझै डोरी चुँडिएको छैन भनेर भन्नुभएको हो । बादल कामरेडसँगको भेटमा पनि टुंगिइसकेको छैन भन्ने नै कुरा भयो रे ।’

उनका अनुसार स्थायी समितिले गरेका निर्णय कार्यान्वयन गर्न लाग्नु नै पार्टी एकता टुट्न नदिने उपयुक्त निर्णय हुनसक्छ ।

‘स्थायी समितिका निर्णय मान्दिन भनेर प्रधानमन्त्री तथा अध्यक्षले भन्नुभएको छैन । अब पनि यसैलाई टेकेर अगाडि बढ्दा निकासको बाटोमा पुग्न सकिन्छ । अरु केही र कतिपय कुराहरु महाधिवेशनमा लगेर निर्णय गर्दा भइहाल्छ’, नेम्वाङको भनाइ छ । तर उनले भत्काउनेहरु पार्टीभित्र र बाहिर पनि थुप्रै रहेको भन्दै केही कुरामा कमजोरी हुनेबित्तिकै लडाइँ गरिहाल्नुपर्ने अवस्था नरहेको बताए । ‘यसअघि पनि पार्टीको बैठकमै आउदिनँ, बैठकको निर्णय नै मान्दिन भनेर प्रचार भएको हो तर आउनुभयो, बैठकमा बस्नुभयो । जवाफ पनि बैठकमै दिन्छु भन्नुभएको छ,’ उनले भने ।

खासगरी गत भदौ २६ गतेको स्थायी समिति बैठकले अनुमोदन गरेका विषयलाई ओलीले कार्यान्वयन नगर्दा समस्या आएको कुरालाई दुवै पक्षका नेताहरुले स्वीकार गरिसकेका छन् । कार्यदलको प्रतिवेदनको सुझावका आधारमा स्थायी समितिले दुई अध्यक्षको कार्यविभाजन र कार्यधिकार स्पस्ट पार्नुका साथै पार्टी र सरकार सञ्चालन तथा पार्टी एकता र महाधिवसनबारे खुलाएको छ । तर सो अनुसार ओली नहिडेको भन्दै मंसिर ३ गतेको सचिवालय बैठक अघि पत्रयुद्ध हुँदै सो दिन प्रचण्डले पेश गरेको प्रस्तावपछि ओली र प्रचण्डबीच विवाद थप चुलिएको थियो ।

ओलीले ३ गतेको सचिवालय बैठकमा प्रचण्डको प्रस्तावका आरोप पुष्टि भए आफु नबस्ने र नभए अर्को अध्यक्ष हट्नुपर्छ भनेर चुनौती नै दिएका थिए । सोही दिन ओलीले आफुमाथि लागेका आरोपको जवाफी पत्र तयार गर्न १० दिनको समय मागेका थिए । ओलीको माग बमोजिम सचिवालयले उनलाई १० दिनको समय दिएको थियो । सोही अनुसार ओली मंसिर १३ गते बस्ने बैठकमा पेश गर्ने जवाफी प्रस्ताव तयार गरिरहेका छन् । उनले ल्याउने प्रस्तावको पर्खाइमा प्रचण्डसहित माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतका ५ नेता छन् ।  

के छ प्रतिवेदनमा ?

दुई अध्यक्षबीचको कार्यविभाजन र कार्याधिकार बाँडफाँटमा भनिएको छ, ‘पार्टी विधान बमोजिम अध्यक्षद्वय र महासचिवको आपसी परामर्श र सहमतिका आधारमा सचिवालय, स्थायी कमिटी, पोलिटव्यूरो तथा केन्द्रीय कमिटी बैठकका कार्यसूची तथा निर्णय प्रस्ताव तयार गरी सम्बन्धित कमिटीको बैठकमा पेश गर्ने र तदनुरुप बैठक सञ्चालन गर्ने ।’

त्यसैगरी सामुहिक नेतृत्व तथा व्यक्तिगत जिम्मेवारीको संस्थागत प्रणालीलाई अवलम्बन गर्ने र सबल बनाउने ।

– अध्यक्ष कमरेड केपी शर्मा ओलीले प्रतिनिधिसभाको यो कार्यकाल भरी प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर सरकारलाई नेतृत्व गर्ने र मूलतः सरकारको काममा केन्द्रित हुने ।

– अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कार्यकारी अधिकार सहित मूलतः पार्टीका बैठकहरुको सञ्चालन, निर्णयहरुको कार्यान्वनय र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रित हुने ।

 – अध्यक्षद्वयले पार्टी र सरकार वीचको काममा समन्वय गर्ने र संस्थागत रुपमा अघि बढाउने ।

एक अर्कालाई दोष दिने प्रयत्न

नेकपा विवाद उत्कर्षमा पुगेपछि दुवै पक्षका नेताहरुले पार्टी फुटे आफ्नो कारणले नफुट्ने प्रतिक्रियाहरु दिइरहेका छन् । प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्ड दुवै पक्षले एकअर्कालाई पार्टी फुटाउन खोजेको दोषारोपण गर्ने क्रम जारी नै छ । यद्यपि केही नेताहरुले दुवै नेता मिल्नुको विकल्प नभएको भन्दै मिलाउने प्रयास पनि गरिरहेका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपालले मंसिर ५ गते केही सञ्चारकर्मीसँगको अनौपचारिक कुराकानीका क्रममा पार्टीमा देखिएको विवादको कारणबारे भनेका थिए, ‘लिखित चिठ्ठीबाट बैठक माग्नुपर्ने अवस्था किन बन्यो ? १० पेजको आरोपपत्र उहाँले किन ल्याउनुभयो ? त्यो आरोपपत्र आएपछि त्यसको प्रतिवाद प्रचण्डले गरेको हो ।’ एक अध्यक्ष बैठक बोलाउन नचाहने र अर्को अध्यक्ष बैठक बैठक भनेर हत्तु हुनुपर्ने अवस्थाको मुल्यांकन गर्न जरुरी रहेको नेता नेपालको भनाइ थियो ।

पाँच पाँचजना नेता बैठक माग गर्न जाँदा अध्यक्ष ओलीले अपमान गरेको भन्दै त्यो ढंगको व्यवहार सहन नसकिने नेता नेपालको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप