शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रचण्डको सचिवालयले भन्यो, ‘न्यायपालिकाको मर्यादा र गरिमामाथि आँच पुर्‍याउने खोजेको होइन’

मङ्गलबार, ०९ मङ्सिर २०७७, १५ : ५६
मङ्गलबार, ०९ मङ्सिर २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत मंसिर ३ गतेको पार्टी सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावबारे भ्रममा नपर्न आग्रह गरेका छन् । 
अध्यक्ष प्रचण्डको सचिवालयले प्रस्तावमा समेटिएका विषयबस्तु न्यायपालिकाको मर्यादा र गरिमामाथि आँच पुर्याउन नभई बाहिर चर्चामा आएका विषयका आधारमा प्रधानमन्त्रीको न्यायपालिका सम्बन्धी धारणाबारे स्पष्ट पार्न खोजेको प्रस्ट पारेको छ । 

‘स्वतन्त्र न्यायपालिका र यसका सम्माननीय प्रमुखसँग त्यसको कुनै सम्बन्ध नरहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले स्पष्ट गर्नुभएको छ’, प्रचण्डको सचिवलयले भनेको छ । 

के थियो प्रचण्डको प्रस्तावमा ? 
अध्यक्ष प्रचण्डले पार्टी बैठकमा पेश गरेको ५ बुँदे प्रस्तावको ३ नम्बर बुँदा अन्र्तगत सरकार सञ्चालनमा अनुत्तरदायी व्यवहार शिर्षकअन्र्तगत प्रधानमन्त्रीले आरम्भमा नै राज्यका कतिपय निकायहरुलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत आफ्नो अधीनमा ल्याएको उल्लखे गरेका छन् । ‘स्वतन्त्र न्यायपालिकाका प्रमुखलाई निवासमा बोलाएर संसद भंग गर्ने, संकटकाल लागु गर्ने, द्वन्द्वकालीन मुद्धाहरुलाई निहित उद्देश्यका लागि दुरुपयोग गर्नेसम्मको कार्यमा हिस्सेदार बनाउने प्रयास गर्नुभएको कुरा बाहिर आयो’ प्रचण्डको प्रस्तावमा भनिएको छ । सोही वाक्यंशलाई लिएर न्यायाधीशहरुमा भ्रम परेको गुनासो आएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप