जुम्लामा खुले विद्यालय

जुम्ला । जुम्लाका आठ वटै स्थानीय तहले सामुदायिक विद्यालय खोलेका छन् । नयाँ शैक्षिक सत्रसँगै हिउँदे पठनपाठनका लागि सामुदायिक विद्यालय खुलेका हुन् । कोरोना महामारीका कारणले पठनपाठन अवरुद्ध रहेका सामुदायिकविद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई जिम्मा दिइएपछि पठनपाठनका लागि खुला गरिएको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए ।
उनले भने, “गाउँपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य भएकाले गाउँपालिकाको शिक्षा समितिको निर्णयअनुसार पालिकाभित्र सबै विद्यालय सञ्चालन गरी पठनपाठन भएको छ ।” विद्यार्थीको पढाइलाई ध्यानमा राखी नगरपालिकाभित्रका सबै सामुदायिक तथा निजी विद्यालय खोल्ने अनुमति दिइएपछि केही विद्यालयले पढाइ चलाएको नगरपालिकाका उपप्रमुख अप्पसरादेवी महतले बताए ।
किसान मारमा
तिला गाउँपालिका–१ का पदम रावत गाउँको जैविक उत्पादन सिमी र स्याउ लिएर सुर्खेत पुगे । कर्णाली प्रदेशको राजधानी किसानले उत्पादन गरेको सिमी र स्याउको मूल्य बढी बिक्री हुने ठाउँ पनि हो । रावतलाई जुम्ला घर भन्दा कसैले पत्याएनन् । जुम्लाको नाम बेचेर ठग्ने पात्रका रुपमा उनलाई हेरियो । स्याउ र सिमी किन्न अनुरोध गर्दा “तपाई जस्तो ठगले झुक्याएर अब कोही झुक्किदैन, जुम्लाको नाम लिएर फाइदा लिने दिन गए” भनी उपभोक्ताले रावतलाई स्पष्ट भनिदिए । “पछि कुरो बुझ्दा छिमेकी जिल्लाका व्यापारीले जुम्लाको अर्गानिक उत्पादन भन्दै ठग्ने गरेको रहस्य खुल्यो”, रावतले भने ।
तातोपानी– ७ कै भरत रावतले नागरिकता देखाएरै जुम्लाको उत्पादन बेच्नु परेको गुनासो गरे । बजारमा जुम्ली स्याउ, सिमी र आलुको माग बढी हुन्छ तर सजिलै जुम्लाको उत्पादन हो भनेर विश्वास गर्दैनन् । उनले भने, “जुम्लाको उत्पादन भनेर अन्य जिल्लाका व्यापारीले पाइदा लुट्ने प्रवृत्ति हावी हुँदै गएको छ । जुम्लाका अर्गानिक उत्पादन अरु जिल्लाका भन्दा फरक र स्वादिला हुने हुँदा नाम बेचेर फाइदा लुट्ने प्रवृत्ति हाबी हुँदै गएको छ ।”
स्याउ सिमी र आलु जस्ता नगदेबाली अन्य जिल्लाका व्यापारीले जुम्लाको प्राङ्गारिक भनी बेच्न गरेका छन् । मार्सी चामल र स्याउले बजारमा राम्रो प्रभाव जमाएको हुँदा जुम्लाको नाम लिनासाथ सजिलै बिक्री हुने लोभमा अन्य जिल्लाका व्यापारीले बदमासी गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताए ।
जुम्लाका कृषि उत्पादनको बजारीकरणमा एकरुपता ल्याउनका लागि कृषि विकास कार्यालयले अर्गानिक ब्राण्डको लोगो बनाउने भएको छ । जुम्लाको नाम बेचेर गएगुजे्रका कृषि उत्पादन बेचबिखन रोक्नका लागि जैविक प्रतीकचिह्नले भूमिका खेल्ने कार्यालय प्रमुख देवकोटाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन
-
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको चुकदेखि बालेनको अल्टिमेटमसम्म