शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रेकर्ड ब्रेक नजिक नेप्से : १८ सय विन्दु नाघ्यो,  लगानीकर्ता उत्साहित

मङ्गलबार, ०९ मङ्सिर २०७७, १५ : ३५
मङ्गलबार, ०९ मङ्सिर २०७७

नेपाल स्टक एक्सचेन्जले मंगलबार (मंसिर ९) मा १८ सय बिन्दु पार गरेको छ । २९.६८ अंकले बढेको सेयर बजार १८८१ अंकको रेकर्ड ब्रेक गर्नेतर्फ मोडिएको छ । आज नेप्से परिसूचक १८१०.११ विन्दुमा अडिएको छ ।  यस दिन ५ अर्ब ४४ करोड  २९ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा १ सय ९६ कम्पनी सामेल भए । 

पछिल्ला दिनमा नेप्से सूचक र कारोबार रकमले उत्साह देखाएको छ ।  आज होटल समूह बाहेक सबै समुह बढेको छ । सेयर बजारले मंगलबार  १८ सयको मनोवैज्ञानिक विन्दु पार गरेपछि लगानीकर्ता उत्साहित देखिएका छन् । 
बोटर्लस नेपाल, हिमालयन डिष्टिलरी, विशाल बजार लगायतका कम्पनीको भाउ बढेको छ । सबैभन्दा बढी गुमाउनेमा सोल्टी होटेलका लगानीकर्ता परेका छन । यसको भाउ ३.२० प्रतिशतले घटेको हो । यस दिन एनआइसी एसिया बैंकको सर्वाधिक ३७ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

दोस्रोमा नेपाल टेलिकम र तेस्रोमा पुनर्बिमा कम्पनीको कारोबार बढी भएको छ । वित्तीय प्रणालीमा पर्याप्त तरलता, सस्तो ब्याजदरका कारण पनि  बजार बढ्न मदत पुगेको लगानीकर्ताहरु बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप