बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा पेन्सन लिन गएकाहरु चढेको जीप दुर्घटना :  ५ को मृत्यु, ४ घाइते

मङ्गलबार, ०९ मङ्सिर २०७७, १५ : ३०
मङ्गलबार, ०९ मङ्सिर २०७७

भारतमा पेन्सन लिन गएकाहरु सवार गाडी दुर्घटनामा परेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले भारतबाट पेन्सन बुझेर फर्किएकाहरु सवार ना १ ज २१९६ नम्बरको जीप बैतडीको बुढ्ढा नजिकै दुर्घटना भएको जानकारी दिए । 
उनले दुर्घटनामा ७० वर्षीय कलावती चन्द, ५८ वर्षीय कृष्ण लावड, ७५ वर्षीय पार्वती चन्द, ७० वर्षकी पार्वती चन्द नै र ७७ वर्षीय भगीरथ पाण्डेको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । उनीहरु सबै नगरपालिका ७ का स्थायी बासिन्दा भएको बताइएको छ । 

यस्तै दुर्घटनामा रवीन्द्र चन्द, कष्णानन्द भट्ट, खगेन्द्र जोशी, प्रदीप लावड घाइते भएका छन् । घाइतेहरुको बैतडी जिल्ला अस्पतालमा उपचार भैरहेको छ । 

बैतडीको झुलाघाटबाट सदमुकाम गोठालापानी जाँदै गरेको सो जीप दुर्घटनामा परेको बताइएको छ । 

हाल भारतीय पेन्सन बुझ्ने नेपाली नागरिकहरुका लागि सीमा खोलिएको छ भने सोही मेसोमा उनीहरु पेन्सन बुझ्न गएका थिए । दुर्घटनाको खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप