शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ट्याक्सीमाण्डुको एक वर्षः मंसिर महिनाभरका लागि यस्ता छन्  छुट र अफर

मङ्गलबार, ०९ मङ्सिर २०७७, १५ : १७
मङ्गलबार, ०९ मङ्सिर २०७७

अनलाइन ट्याक्सी बुकिङ एप ट्याक्सीमाण्डु सञ्चालनको एक वर्ष पुरा भएको अवसरमा विभिन्न छुटसहितको आकर्षक स्किम ल्याएको छ । स्किम अन्र्तगत ट्याक्सी चालकहरुले मंसिर महिनाभर ० प्रतिशत कमिसनमा एपमार्फत यात्रुलाई सेवा दिन पाउनेछन् ।

यो महिनाभर ट्याक्सी चालकले एप प्रयोग गरेवापत ट्याक्सीमाण्डुलाई कुनै पनि कमिसन दिनु पर्ने छैन । त्यस्तै एपको प्रयोग गरेर ट्याक्सी बुक गर्ने यात्रुले प्रत्येक राइडमा  ५० रुपैयाँ छुट पाउनेछन् । छुटका लागी यात्रुले ट्याक्सीमाण्डु फस्ट  प्रोमो कोड प्रयोग गर्नुपर्नेछ ।

यसबाहेक ट्याक्सीमाण्डुले रिफर एण्ड अर्नको स्कीम पनि ल्याएको छ । यो स्कीम अन्तर्गत ट्याक्सीमाण्डु एप डाउनलोड गरेकाहरुले अरुलाई एपमार्फत डाउनलोड गर्न रिफर गर्नुपर्नेछ । एप डाउनलोड गर्न रिफर गर्ने हरेकले प्रत्येक रिफरमा ५ रुपैयाँ पाउनेछन् ।

त्यस्तै मंसिर महिनाभर ट्याक्सीमाण्डु एपमार्फत् १ सय वटा ट्रीप गर्ने ट्याक्सी चालककले १ हजार रुपैयाँ बोनस पाउने व्यवस्था पनि मिलाइएको छ ।

स्थापनाको एक वर्षमै ट्याक्सीमाण्डु एपमा २ हजारभन्दा बढी ट्याक्सी चालक आबद्ध भएर यात्रुलाई सेवा दिइरहेका छन् । यसलाई अझै विस्तार र व्यवस्थित गर्दै लैजाने प्रतिबद्धता ट्याक्सीमाण्डु प्रा.लि.का प्रवन्ध निर्देशक अर्जुन केसीले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप