शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अभावमा बित्यो अभिनेता आशिष रोयका अन्तिम दिन, उपचारका लागि मागेका थिए मद्दत

मङ्गलबार, ०९ मङ्सिर २०७७, १४ : ५५
मङ्गलबार, ०९ मङ्सिर २०७७

‘ससुराल सिमर’ का चर्चित अभिनेता आशिष रोयको निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिए । उनीसँग उपचार गर्नका लागि पर्याप्त पैसा पनि थिएन । उनले सोसल मिडियामार्फत् पैसा मागेका थिए । 

स्मरण रहोस्, आशिष रोय सानो पर्दाका चर्चित अभिनेता हुन् । उनी टिभी सिरियल बनेगी अपनी बात, रिमिक्स, कुछ रंग प्यार के येसे भी, जिनी और जुजुलगायतमा देखिइसकेका छन् । 

आशिषले गरेका थिए यस्तो पोस्टः

आशिषले मे महिनामा फेसबुकमा पोस्ट गरेका थिए । उनले लेखेका थिए, ‘डायलाइसिसका लागि तत्काल तपाईंको पैसाको आवश्यकता परेको छ । म आइसीयूमा छु र असाध्यै बिरामी छु । ’ यसमाथि फिल्म निर्माता हंसल मेहताले ट्वीटरमार्फत् फिल्मी क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुसँग मद्दत मागेका थिए । 

त्यसपछि जून महिनामा आशिष रोयले आफ्ना साथी सुरज थापारमार्फत् सलमान खानसँग मद्दत मागेका थिए । सुरजका अनुसार पछिल्लो पटक सन् २०१९ मा आशिष बिरामी हुँदा सिन्टाले पनि उनको मद्दत गरेको थियो तर यसपटक आशिषले सिन्टासँग पनि सम्पर्क गरेनन् । यसपटक उनले फेसबुकमा सबैसँग अपिल गरे र त्यसमा धेरैले राम्रै प्रतिक्रिया पनि दिए तर त्यसले पनि उनको उपचारको खर्च उठाउन सकेन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप