शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चिर्पट प्रहारबाट ८४ वर्षीया वृद्धाको मृत्यु, चार घाइते

मङ्गलबार, ०९ मङ्सिर २०७७, १४ : ०६
मङ्गलबार, ०९ मङ्सिर २०७७

दाङ । दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ चिसापानीमा चिर्पट प्रहार गर्दा ८४ वर्षीया वृद्धा महिलाको मृत्यु भएको छ ।
 गढवा गाउँपालिका १ का २८ वर्षीय जीवन घर्तीले ८४ वर्षीया हजुरआमा केशरी घर्तीलाई चिर्पट प्रहार गरी घाइते भएपछि उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । 
चिर्पट प्रहारबाट उनकी २८ बर्षीया श्रीमती वसन्ती घर्ती, ९ वर्षका छोरा बसन्त, ६ वर्षीया छोरी लक्ष्मी र ३० वर्षका दाजु खिमबहादुर घर्ती पनि घाइते बनेका छन् । 

घाइतेमध्ये खिमबहादुरको अवस्था सामान्य रहेकाले उनको  स्थानीयस्तरमै उपचार भइरहेको छ । अन्यको थप उपचारको लागि बुटवल लगिएको छ । परिवारका सदस्य सुतिरहेको समयमा जीवनले परिवारका सदस्यहरुलाई टाउको तथा शरिरका विभिन्न भागमा प्रहार गरेको प्रहरीले जनाएको छ । 

दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले हत्या आरोपित जीवनको मानसिक सन्तुलन ठिक नभएको भन्ने जानकारी प्राप्त भएको बताए । प्रहरीले जीवनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप