चीन–इथियोपिया सम्बन्ध अझ प्रगाढ बनाउन राष्ट्रपति सीको आग्रह
बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले चीन–इथियोपिया सम्बन्ध तथा बेल्ट एन्ड रोड सहयोगलाई थप अगाडि बढाउन इथियोपियाली राष्ट्रपति सेहल–वर्क जेडेसँग आग्रह गरेका छन् । राष्ट्रपति सीले उक्त परियोजनाले दुबै मुलुक एवं जनताले लाभ लिन सक्ने बताए ।
दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापनाको ५० वर्षका अवसरमा राष्ट्रपति सीले आफ्ना समकक्षी इथियोपियाली राष्ट्रपति जेडेलाई पठाउनु भएको बधाई सन्देशमा उक्त कुरा उल्लेख छ । सन्देशमा राष्ट्रपति सीले वितेका ५० वर्षमा दुई देशबीचको परम्परागत सम्बन्ध अझ प्रगाढ र सुदृढ हुँदै गएको बताएका छन् । पछिल्ला वर्षहरुमा हस्ताक्षर भएको चीन–इथियोपिया विस्तृत रणनीतिक साझेदारी सम्झौताले राजनीतिक तहमा उच्च समझदारी विकास भएको र विभिन्न क्षेत्रमा फलदायी नतिजाहरु प्राप्त भएको पनि राष्ट्रपति सीले बताएका छन् ।
कोभिड–१९ महामारी फैलिएयता चीन र इथियोपियाले एकअर्का मुलुकले सामना गर्नु परेका कठिनाईलाई समान ढंगबाट समाधान गर्न प्रयत्न गरेको चीनको भनाई छ । राष्ट्रपति सीले कोभिड–१९ महामारी विरुद्ध लड्न चीन र अफ्रिकी मुलुकहरुबीच भएको समझदारी उदाहरणीय रहेको पनि बताएका छन् ।–सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बोक्सीको घर’लाई बोर्डको युनिभर्सल सर्टिफिकेट
-
पूर्व प्रधानमन्त्री खनाल र किरात धर्मगुरु आत्मानन्दबिच भेटवार्ता
-
ह्वाट्सएपसँग प्रतिस्पर्धा गर्न गुगलले ल्यायो नयाँ अपडेट
-
चर्चामा अडियोमा आधारित नयाँ सामाजिक सञ्जाल ‘एयरच्याट’
-
आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान
-
मोडल लक्ष्मण भण्डारीले गरे प्रेमिका गीतासँग विवाह