शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटन व्यवसायले गति लिन थाल्यो, क्यानोनिङमा आकर्षण (भिडियो सहित)

मङ्गलबार, ०९ मङ्सिर २०७७, १३ : २१
मङ्गलबार, ०९ मङ्सिर २०७७

कोरोना भाइरस (कोभिड—१९) का कारण थलिएको पर्यटन व्यवसायले विस्तारै गति लिन थालेको छ । संक्रमणको जोखिम र नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनका कारण बन्द रहेका पर्यटकीयस्थलहरु सञ्चालनमा आउन थालेसँगै व्यवसायले पनि गति लिन थालेको हो । 

पर्यटकीय नगरी पोखरामा प्याराग्लाइडिङ, फेवातालमा डुंगा सयरदेखि लिएर क्यानोनिङ खुला भएको छ । आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणका रुपमा रहेका यी क्षेत्रहरु खुला हुन थालेसँगै पर्यटकहरुको संख्या पनि बढ्दै गएको व्यवसायीहरु बताउँछन् । 

कास्कीको माछापुच्छ्रे गाउँपालिका ९ घलेलमा रहेको पोखरा क्यानोनिङ आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गन्तव्य बन्दै गएको छ । असोज १ गतेबाट सञ्चालनमा आएको क्यानोनिङ दशैतिहारपछि भने व्यस्त हुन थालेको छ । 
हजारौको संख्यामा क्यानोनिङ गर्नेस्थल पोखरा क्यानोनिङ कोरोना कहरका कारण पहिलाको अवस्थामा आउन केही समय लाग्ने निश्चत छ । यद्यपी लकडाउन पछिको समयावधिमा करिब २ सय जनाले क्यानोनिङ गरेका छन् । प्रकृतिसँग रमाउन आउने मानिसहरुको संख्या लकडाउनपछि बढेको भएपनि कोरानाअघिको अवस्थामा फर्किन अझै केही समय लाग्ने पोखरा क्यानोनिङका संचालनक राम गुरुङले बताए । 

कोभिड संक्रमणको जोखिमका कारण प्रतिदिन १० जनाको मात्रै अर्डर लिने गरिएको उनले बताए । क्यानोनिङका गर्न जानेहरुका लागि त्यहाँ स्यानीटाइर, मास्क र भौतिक दुरी कायम गर्ने लगायतका स्वास्थ्य सुरक्षाका उपाय अपनाउने गरिएको उनले बताए । 

२०७० सालमा स्थापना भएको पोखरा क्यानोनिङमा अहिलेसम्म हजारौं मानिसले क्यानोनिङको आनन्द लिइसकेका छन् । डरलाग्दो चट्टानी पहरामा डोरीको सहायतामा झुण्डिँदै, चिप्लिँदै, झरना र खोलाका छाँगाबाट खस्दै खेलिने क्यानोनिङ नेपालमा साहसिक पर्यटकीय आकर्षणका रूपमा विकसित भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप