बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भोलिदेखि ‘आठौं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’

मङ्गलबार, ०९ मङ्सिर २०७७, १३ : १४
मङ्गलबार, ०९ मङ्सिर २०७७

काठमाडौं । नेपाल मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा बुधबारदेखि ‘आठौं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय भर्चुअल चलचित्र महोत्सव’ आयोजना गर्ने भएको छ । हरेक वर्ष नियमित आयोजना गर्दै आएको महोत्सवलाई यो वर्ष पनि निरन्तरता दिन भर्चअल रुपमा आयोजना गर्न लागिएको हो । 

कोभिड–१९ को महामारीका कारण पूर्वनिर्धारित मितिमा महोत्सव आयोजना गर्न नसकिए बदलिएको परिस्थितिलाई मध्यनजर गर्दै ‘आठौं नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भर्चुअल गर्न लागिएको आयोजकले जनाएको छ । 

मंसिर अर्थात बुधबार १० देखि १५ गतेसम्म आयोजना हुने महोत्सवमा यो वर्ष स्वदेशी तथा विदेशी फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेशनका साथै सबै विधाका गरेर ५२ चलचित्रहरु प्रदर्शन हुनेछन् ।
महोत्सवको चलचित्र टिभी एप मार्फत र छलफल, अन्र्तक्रिया तथा बहसहरु जुम मार्फत गरिने आयोजकले जनाएको छ ।

महोत्सवमा चलचित्र प्रसारण पछि ‘एसियाली सिनेमामा महिलाः उपयुक्त चित्रण सहभागिता’, ‘नेपाली सिनेमा युवाः हामी के हेर्न चाहान्छौं’ अल्पसंख्यक । सीमान्कृत समुदाय सवालः सिनेमाको भूमिका विषयमा चलचित्रकर्मी, मानव अधिकारकर्मी, अनुसन्धानकर्मी, युवाहरुसँग अन्र्तक्रिया तथा छलफल समेत हुनेछ ।

राष्ट्रिय मानव अधिकार आयोग सह–आयोजना,  चलचित्र विकास बोर्डको प्रवर्द्धन र युरोपियन युनियन, नेपालका लागि जर्मनी दूतावास, शान्तिका लागि कला, आई.ओ. एम. लगायतको सहकार्य र दजनौं संघसंस्थाको एक्यवद्धता महोत्सव आयोजनामा रहेको महोत्सवको कार्यकारी निर्देशक पाण्डब खत्रीले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप