बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

युरोपमा जनवरीसम्म तेस्रो लहर आउने डब्ल्यूएचओको चेतावनी

मङ्गलबार, ०९ मङ्सिर २०७७, ११ : ५२
मङ्गलबार, ०९ मङ्सिर २०७७

रुसमा कोरोना भाइरस नियन्त्रणबाहिर पुगेको छ । सोमबार रुसमा २४ घण्टाभित्र २५ हजार १ सय ७३ जनामा कोरोना देखियो । रुसमा कुल संक्रमितको संख्या २१ लख १४ हजारभन्दा धेरै भइसकेको छ । कोरोनाको बढ्दो संक्रमणको एउटा उदाहरणमात्रै हो, रुस । 

अधिकांश युरोपेली देशमा संक्रमितको संख्या पहिल्लो समय ह्वात्तै बढेको छ । विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ)ले २०२१ को सुरुवातमा युरोपमा कोरोनाको तेस्रो लहर आउनसक्ने चेतावनी दिएको छ । 
डब्ल्यूएचओका विशेष अधिकारी डेभिड नबारोका अनुसार गर्मी समयमा युरोपेली देशका सरकारहरुले पूर्वतयारीका लागि जे गर्नुपर्ने थियो, त्यो गर्न सकेनन् । ‘कोभिड १९ को पहिलो लहर नियन्त्रणमा आउनसाथ पूर्वतयारीको काम सुुरु गर्नुपर्ने थियो,’ नबारोले भनेका छन् । 

विश्वभर अहिलेसम्म ५ करोड ८९ लाखभन्दा धेरैमा संक्रमण देखिइसकेको छ । जसमध्ये ४ करोड ७ लाख बिरामी निको भएका छन् भने १३ लाख ९३ हजारको ज्यान गइसकेको छ । झन्डै १ करोड ६८ लाख संक्रमित उपचारकै क्रममा छ, उनीहरुलाई सक्रिय संक्रमित भनिन्छ । 

यसैबीच दक्षिण अफ्रिका बस्ने गरेका महात्मा गान्धीका पनाती सतिश धुपेलियाको कोरोना संक्रमणपछि निधन भएको छ । तीन दिनअघिमात्रै उनले ६६ औं जन्मदिन मनाएका थिए । यसपछि संक्रमित भए । सतिश जोहानेसवर्गमा बस्थे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप