शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाबाट सशस्त्र प्रहरीका इन्सपेक्टर बुढाथोकीको मृत्यु

मङ्गलबार, ०९ मङ्सिर २०७७, ११ : ३७
मङ्गलबार, ०९ मङ्सिर २०७७

काठमाडौँ । सोमबार राति कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) नविन बुढाथोकीको मृत्यु भएको छ ।

२७ असोजमा संक्रमण पुष्टि भएपछि बुढाथोकीको भेन्टिलेटरमा राखेर विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचार भइरहेको थियो । उपचारकै क्रममा सोमबार राती सवा ११ बजे मृत्यु भएको सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले पुष्टि गरे ।

तेह्रथुमको म्याग्लुङ नगरपालिका–१ घर भएका बुढाथोकी सशस्त्र प्रहरीमा २०६८ सालमा सेवा प्रवेश गरेका थिए । हाल उनको दरबन्दी सशस्त्र प्रहरी ३ नम्बर गण मोरङमा थियो ।

हालसम्म सशस्त्र प्रहरीका तीनजना कर्मचारीको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको प्रवक्ता अर्यालले रातोपाटीलाई जानकारी दिए । यस्तै १६८ जना सक्रिय संक्रमित रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप