शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एनआईसीको आजसम्म सेयर खरिद गर्नेले लाभांश पाउने

मङ्गलबार, ०९ मङ्सिर २०७७, ११ : १३
मङ्गलबार, ०९ मङ्सिर २०७७

एनआईसी एसिया बैंकको आजसम्म सेयर खरिद गर्नेले लाभांश पाउने भएका छन् । अर्थात २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज (मंसिर ९ गते) अन्तिम दिन हो । मंसिर २१ गते वार्षिक साधारण सभा बोलाएको बैंकले बुधबारबाट मंसिर २१ गतेसम्म ‘बुक क्लोज’ गर्दैछ । यसर्थ, आजसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश दाबी गर्न पाउने छन् ।
 
बैंकले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । एनआइसी एसियाले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १९ प्रतिशत बोनस र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । अधिकृत पुँजी ९ अर्ब ७२ करोड रुपैयाँबाट बढाएर ११ अर्ब ५७ करोड रुपैयाँ पुर्याउने बैंकको एजेन्डा छ ।

 बैंकको साधारणसभा बैंकको रजिष्टार्ड कार्यालय थापाथली, काठमाडौंमा बिहान ९ बजे भर्चुअल माध्यमबाट हुँदैछ । आर्थिक वर्ष २०७६–७७ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप