शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कम्युनिस्ट आन्दोलनका विघटनकारी प्रवृत्तिहरू

मङ्गलबार, ०९ मङ्सिर २०७७, १० : २१
मङ्गलबार, ०९ मङ्सिर २०७७

अहिले नेपाल कम्युनिस्ट पार्टी र वर्तमान सरकार चर्चाको शिखरमा छ । नेपाली कम्युनिस्ट पार्टीको  इतिहासमा पार्टी नेताहरूको गम्भीर असमजदारीको दूरी र कार्यकर्ताको निराशताको पराकाष्टा चुलिएको सायद पहिलो पटक नै होला । २०४६ सालमा बहुदलीय व्यवस्था पुनस्र्थापनापछि मुलुकको राजनीतिक अवस्थामा केही परिवर्तन भयो । तर निरन्तर अल्पमतको सरकारको विघटनको शृङ्खलाले नेपालको राजनीतिमा प्रशस्तै धमिरा लाग्यो । त्यो रोगले संविधान सभाको ८ वर्ष पनि राम्ररी नै गाँजेको थियो । मुख्य राजनीतिक पार्टी यो संसदीय सरकार गठन, विघटनको खेलमा धित मर्ने गरी लागे । नेपाली जनता यो खेलदेखि वाक्क दिक्क भएको बेला नयाँ संविधान जारी भएपछि त्यो विगतको विसारतलाई जनताले त्यागे । नेकपाको चुनावी मोर्चालाई अत्यधिक मत दिएर जनताले सङ्घर्ष र आन्दोलनबाट मात्र हैन संविधानद्वारा घोषित वैधानिक बाटोबाट पनि नेपाल कम्युनिस्ट आन्दोलनको वर्चस्वलाई स्थापित गरे । नेपाली जनताले सगरमाथाको देशमा कम्युनिस्ट पार्टीको झण्डा गाड्न सफल भए । यो कष्टकर कार्यको श्रेष्ठता हासिल गर्ने नेपाली जनता हुन् । यसको स्वामित्व परिवर्तनकारी नेपाली जनता र नेपाल कम्युनिस्ट पार्टीकै हुन्छ । दुई ठूला नेपाल कम्युनिस्ट पार्टीहरू (पूर्वमाओवादी, पूर्वएमाले) ले यस उत्साहमा पार्टी एकता पनि सम्पन्न गरे । यो पृष्ठभूमिबाट नेपाल कम्युनिस्ट पार्टीको २०७५ जेठबाट एकताको यात्रा सुरु भएको लगभग साढे दुई वर्ष पार हुन नपाउँदै पुनः विभाजनको रस्साकस्सी पार्टीको आन्तरिक जीवनमा आइपरेको सञ्चार माध्यम, सामाजिक सञ्जालको समाचारले देशमा निकै ठूलो राजनीतिक तरङ्ग प्रवाह भएको सबै तहका नेता कार्यकर्ता, शुभचिन्तक, पार्टी विरोधी विभिन्न तप्कामा पनि पर्न जानु स्वाभाविकै छ ।

नयाँ संविधान जारी भएपछिका दिनहरूमा संविधान कार्यान्वयन गर्ने क्रममा सङ्घ, प्रदेश र स्थानीय तहका निर्वाचनमा जनताले जुन राजनीतिक दललाई निर्वाचित गर्यो, त्यो राजनीतिक दल, त्यस अभिमतप्रति जिम्मेवार हुन नसक्नु, प्रतिपक्षमा रहेको राजनीतिक दल प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसक्नु, गणतन्त्र पछिका राजनीतिक दलले राजनीतिक संस्कारका आधारमा काम नगरी गुटगत स्वार्थमा तल्लीन हुनु, गुटभित्र पनि तिम्रो र मेरो भन्ने भागवण्डामा विवाद सिर्जना गर्नु जस्ता चिन्तन र व्यवहारले आन्दोलन र सङ्घर्षमा योगदान भएका इमानदार व्यक्ति सबै पाखा लाग्ने अवस्था सिर्जना भयो ।

नेपाली कम्युनिस्ट आन्दोलनभित्र विशेषतः दुई खाले प्रवृत्तिको चलखेल कम्युनिस्ट पार्टीे गठनको प्रारम्भदेखि नै देखापर्दै आएको छ । पुष्पलाल र केशरजङ्ग रायमाझी बीचको अन्तरविरोध, चौथो महाधिवेशन र पुष्पलाल बीचको अन्तरविरोध, चौथो महाधिवेशन र मालेबीचको अन्तरविरोध र मसाल, मसाल एकताकेन्द्र र एमाले बीचको अन्तरविरोध, एमाले र माओवादीबीचको अन्तरविरोधको शृङ्खलालाई हामीले अध्ययन गर्ने हो भने परिवर्तनमुखी अग्रगामी र यथास्थितिवादी तथा प्रतिक्रान्ति धारको बारेमा सजिलै विश्लेषण गर्न सकिने अवस्था छ । नेपाली समाजको विकासक्रको प्रक्रिया आफ्नै मौलिक रूपमा गुजँ्रदै आएको भए पनि राजनीतिक परिवर्तन सचेत नागरिकको परिवर्तनमुखी सङ्घर्ष गर्दा पनि यो अवस्था आइपुग्न राणा शासनको पतनपछिको ७० वर्ष लाग्यो । मुलुक जनताको स्वामित्वमा अएको अर्थात् गणतन्त्र घोषणा भएको १३ को यो अवधिमा परितर्वनको स्तरमा मुलुकले समृद्धिको दिशा पक्रन सकेको छैन । राजनीतिक परिवर्तनको दाँजोमा आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक, छुवाछूत र लैङ्गिक भेदभाव लगायतका विविध खाले उत्पीडनबाट नेपाली समाजलाई उन्मुक्त गर्न सकेको छैन । राजनीतिक परिवर्तनका आवरणलाई टेकेर केही टाठाबाठाको दिन त  फेरिए तर राजनीतिक परितवर्तनका पक्षमा लागेका प्रायः परिवर्तनमुखी पार्टीका अधिकांश नेता, कार्यकर्ता विल्लीबाठको अवस्था सिर्जना भयो । विडम्बना त आन्दोलन र सङ्घर्षमा कुनै नसनाता नभएकाहरू रातारात नवधनाढ्य भएको देख्दा नेपाली समाजको आम धारणा निराश, कुण्ठा र हतोत्साहतर्फ मोडिएको छ । मुलुकको नेतृत्व गर्ने मुख्यतः नेपाल कम्युनिस्ट पार्टी र प्रतिपक्षी नेपाली काँग्रेसभित्रका खिचलो र निराशपनले मुलुक तीव्र गतिमा विघटनउन्मुख अवस्था छ । क्रमशः पार्टी, सरकार, नेता, कार्यकर्ता, शुभचिन्तक कसैमा पनि मुलुकका बारेमा सोच्ने जाँगर देखिँदैन । जताततै अस्तव्यस्त र बेथिति मडारिरहेको देखिन्छ । यो अवस्था मुलुकमा किन ? देखा परिरहेको छ । यस विषयमा सबै गम्भीर हुन जरुरी छ ।

नयाँ संविधान जारी भएपछिका दिनहरूमा संविधान कार्यान्वयन गर्ने क्रममा सङ्घ, प्रदेश र स्थानीय तहका निर्वाचनमा जनताले जुन राजनीतिक दललाई निर्वाचित गर्यो, त्यो राजनीतिक दल, त्यस अभिमतप्रति जिम्मेवार हुन नसक्नु, प्रतिपक्षमा रहेको राजनीतिक दल प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसक्नु, गणतन्त्र पछिका राजनीतिक दलले राजनीतिक संस्कारका आधारमा काम नगरी गुटगत स्वार्थमा तल्लीन हुनु, गुटभित्र पनि तिम्रो र मेरो भन्ने भागवण्डामा विवाद सिर्जना गर्नु जस्ता चिन्तन र व्यवहारले आन्दोलन र सङ्घर्षमा योगदान भएका इमानदार व्यक्ति सबै पाखा लाग्ने अवस्था सिर्जना भयो । आन्दोलन, पार्टी र जनताले नचिनेका व्यक्तिहरू व्यक्तिगत सम्बन्ध, नातावाद र विविध स्वार्थका कारणले पार्टीको आवरणमा जनविरोधी काममा तल्लीन हुनुले नेपाली जनताले कम्युनिस्टलाई बहुमतको जनादेश दिए पनि पार्टी र सरकारले आफ्नो घोषणापत्र बमोजिमको काम अगाडि बढाउन असमर्थ रह्यो । विघटनकारीको झुण्ड एकपछि अर्को पार्टी, सरकार र आर्थिक क्षेत्रमा पहुँच स्थापित गर्न पुगे । जसले गर्दा पार्टीका इमानदार, निष्ठानवान र लामो समय मुलुक परिवर्तनका लागि योगदान दिँदै आएको कम्युनिस्ट नेता कार्यकर्ता, परिवर्तनका पक्षधर जनसमुदाय, लामो समयदेखि सङ्घर्ष र आन्दोलनका नजिक रही सहयोग गर्ने बौद्धिक वर्ग र समुदायहरू अहिले घर न घाटका अवस्थामा पुग्न बाध्य भएको छन् । व्यक्तिगत रूपमा उनीहरूलाई केही नचाहे पनि मुलुक ठीक ढङ्गले अगाडि हिँडेको देख्न पाए पनि सन्तोषको सास फेर्ने तिर्खा मेटिने थियो भन्ने गुनासो निक्कै बाक्लिँदै गएको छ ।

अहिले देशका दुई ठूला पार्टी क्रमशः नेपाल कम्युनिस्ट पार्टी र नेपाली काँग्रेस आपसमा प्रतिस्पर्धी हुनुपर्नेमा दुवै पार्टीमा गम्भीर खिचोलो सिर्जना भएको छ । नेपाल कम्युनिस्ट पार्टी वृहत् ध्रुवीकरणको बीचबाट भारी बहुमत र दुई तिहाइको नजिकको सरकार सञ्चालन गर्ने अवसर जनताले प्रदान गर्यो । तर त्यो विश्वासको अभिमतलाई नेपाल कम्युनिस्ट पार्टीले प्रारम्भमा समृद्ध नेपाल सुखी नेपालीको यात्राबाट सरकार सञ्चालन गर्दै जाने क्रममा विगत तीन आर्थिक वर्षको बजेटमा ती नारा कति मुखरित भए ? त्यो आम बौद्धिक जमातले धित मर्नेगरी छलफल गर्न पाएका छैनन् । लक्षित समूहलाई त्योबारे कति जानकारी छ, सरकारी तथ्याङ्क सरकारकै अभिलेखमा सीमित छ । एकात्मक शासनको ढाँचामा तयार भएको बजेट प्रणालीको शीर्षकहरूलाई यथास्थिति राखी गणतन्त्र र सङ्घीयताको जलप लगाई विनियोजित बजेटले प्रदेश र स्थानीय सरकारलाई अकर्मण्यतामा पारी सङ्घले बढीभन्दा बढी एकाधिकार जमाएको प्रष्ट देखिन्छ । सङ्घ स्तरको योजना, प्रदेश स्तरको योजना र स्थानीय तहको योजनालाई कार्यान्वयन गर्ने पुरानै एकाधिकारवादी सार्वजनिक खरिद ऐनको तरबार झुण्ड्याएर, समाजवाद उन्मुख आर्थिक समृद्धिको नारा कति सम्भव हुन्छ । विगतमा विविध उत्पीडनमा परेका जनता मुलुकको विकासमा कसरी सहभागी हुन सक्छ ? सुखी नेपालीको नारा कसरी कार्यान्वयन हुन सक्छ, समृद्ध नेपाल कसरी बन्न सक्छ ? यी विषयले मुलुकलाई क्रमशः एकाधिकारवाद र विघटनतर्फ धकेलिँदै लगेको छ ।

नेपाली कम्युनिस्ट आन्दोलनको तेस्रो महाधिवेशनसम्म राजतन्त्रको वकालत गर्ने रायमाझी प्रवृत्ति र अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा अरुचि राख्ने कम्युनिस्ट आन्दोलनभित्रका प्रवृत्तिहरूले नेपाली कम्युनिस्ट आन्दोलनलाई सहज रूपमा अगाडि बढ्न दिँदैन । यो प्रवृत्तिसँग वैचारिक, राजनीति र साङ्गठनिक सबै कोणबाट सङ्घर्ष गर्न र जनतालाई यो प्रवृत्तिलाई चिनाउन जरुरी छ ।

नेपाली काँग्रेसले नेपालको परिप्रेक्षमा खुलम खुल्ला अनुदारवाद र यथास्थितिवादको प्रतिनिधित्व गर्ने पार्टी हो । उनीहरूले गणतन्त्र स्वीकार गर्नु एउटा बाध्यता थियो । संवैधानिक राजतन्त्रको उनीहरूको नारालाई ज्ञानेन्द्र शाहीको बुटले कुल्चेपछि मात्र चेत खुलेको थियो, गणतन्त्रको पक्षमा । त्यसैगरी पूर्व एमालेको बहुदलीय जनवादको कार्यदिशा पक्रे पनि, त्यो कार्यदिशा कार्यान्वयन हुने अवस्थामा थिएन । पूर्व माओवादीले सञ्चालन गरेको जनयुद्ध र एक्काइसौँ शताब्दीको जनवादको कार्यभार पूरा गर्न तत्काल सम्भव नभएकै कारणले राजतन्त्र विरुद्धको मोर्चामा सबै राजनीतिक शक्तिको संयुक्त मोर्चा स्थापित भई जनयुद्धले जरा काटेको निरङ्कुश राजतन्त्रको बुढो रुख २०६२/६३ को दोस्रो जनआन्दोलनले ढाल्न सफल भएको हो । त्यसको जगमा निर्वाचित दुई संविधान सभा र त्यो संविधानले तय गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति अपच र अरुचि भएका प्रवृत्तिहरू नेपाली कम्युनिस्ट आन्दोलनका विघटनकारी प्रवृत्तिका रूपमा देखापर्दै गएको छ । यो प्रवृत्तिलाई समय सापेक्ष चिन्न जरुरी छ । नेपाली कम्युनिस्ट आन्दोलनको तेस्रो महाधिवेशनसम्म राजतन्त्रको वकालत गर्ने रायमाझी प्रवृत्ति र अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा अरुचि राख्ने कम्युनिस्ट आन्दोलनभित्रका प्रवृत्तिहरूले नेपाली कम्युनिस्ट आन्दोलनलाई सहज रूपमा अगाडि बढ्न दिँदैन । यो प्रवृत्तिसँग वैचारिक, राजनीति र साङ्गठनिक सबै कोणबाट सङ्घर्ष गर्न र जनतालाई यो प्रवृत्तिलाई चिनाउन जरुरी छ ।

२०१५ सालको निर्वाचनपछि बीपी कोइराला नेतृत्वको बहुमतको सरकारपछि वर्तमान कम्युनिस्ट बहुमतको सरकार आउन लगभग ६० वर्ष लाग्यो । यो अवधिमा निरङ्कुश र एकाधिकारवादी शासकसँग नेपाली जनता धेरै सङ्घर्ष गरे । जनताले राजनीतिक पार्टीलाई बहुमत प्रदान गर्यो । तर विडम्बना पार्टीको घोषणा पत्र र जनताको आकाङ्क्षा अनुसारको लक्ष किन अगाडि बढेन ? यस विषयमा सामान्य अध्ययन र आकलनले पुग्दैन । नेपाली कम्युनिस्ट आन्दोलनमा विद्यमान समस्या र नकरात्मक प्रवृत्ति बारे एक एक रौँ चिराझैँ केलाउन जरुरी छ । सुधारवादी बुर्जुवा पार्टीले जति पनि आफ्नो घोषणापत्र कार्यान्वयन गर्न नसक्नुमा कुनै नेता विशेषको कारण वा दोष भनेर मात्र पनि पर्याप्त छैन । यसमा खुट्याउनुपर्ने धेरै विषय छन् । पार्टीको नेता कार्यकर्ताले पहिला त्यो समस्याको पहिचान गर्न जरुरी छ । शरीरभरि रोग नै रोग बोकेको व्यक्तिको खुट्टा मात्र किन चल्दैन भनी तर्क गरेजस्तै कम्युनिस्ट आन्दोलनभित्रका नकरात्मक पक्षलाई नकेल्याई कम्युनिस्ट सरकारले काम गर्न सकेन भनी दोषारोपण गर्नु त्यति युक्तिसङ्गत हुँदैन । कम्युनिस्ट आन्दोलनभित्र विद्यमान फोहोरको पहाडलाई सफा नगरी बाहिरी नाम र आकृतिको मात्र कम्युनिस्ट पार्टीलाई हेरेर हुँदैन । मार्क्सवादी दृष्टिकोणमा जुनसुकै वस्तुको आन्तरिक पक्ष नै प्रधान हुन्छ । पार्टीभित्र विद्यमान बेथितिको निदान हुन जरुरी छ । यो विषय जनताको तहमा छलफल हुने विषय नभए पनि नेता कार्यकर्ता बीचमा व्यापक छलफल अनिवार्य छ ।

नेपाली समाजको आफ्नै मौलिक विशेषता छन् । अति छिटो परिवर्तन चाहने नेपाली जनताको मनोविज्ञानलाई सम्बोधन हुन सकेको छैन । नेपाली समाजको विविधतालाई कसरी नेतृत्व प्रदान गर्ने त्यसको अर्थराजनीतिको कोण र सुशासन तथा सामाजिक न्यायको कोणबाट पर्याप्त छलफल हुन सकेको छैन । समाजवादको मोडलबारे राजनीतिक पार्टीभित्र छलफल नै हुन सकेको छैन । नेपाली विशेषतासहितको सङ्घीयताको स्वरूप र नेपाली सङ्घीयता राजकीय शक्तिको कार्यान्वय मात्र हो कि ? बाँडफाँड हो ? नेतृत्व तहमै अलमल छ । पार्टीका नेता कार्यकर्ताको पहिचान र जिम्मेवारी बारे झन अलमल छ । जसले गर्दा जो जुनसुकै व्यक्तिलाई पार्टी वा सरकारको उपल्लो दर्जा भिडाउन पाउदा, नेतृत्वलाई सन्तोष मिल्ने योगदान दिने नेता वा कार्यकर्ताप्रति नेताहरू क्रमशः अनइच्छित हुने, नेता कार्यकर्ताको दूरी धेरै टाढा हुने, कार्यकर्तासँगको छलफलबाट नीति निर्माणभन्दा बढी मनोगत प्रवृत्तिले गर्दा कार्यकर्ता र जनतामा बढी निराश निराश छाएको छ । जनतामा असन्तोषको बलिन्द्र आँशु बग्ने अवस्था सिर्जना हुने । जसले गर्दा पुराना योगदान भएका नेता कार्यकर्ता दिन प्रतिदिन थोत्रो र बेकाम सावित हुँदै जाने । नयाँ आर्थिक क्षमतावान् सुकुमार पार्टीको आधिकारिक अधिकारी बन्दै जाने । यसले गर्दा नेपाली कम्युनिस्ट आन्दोलन आज विघटन, झैझगडा, विवाद, आरोप प्रत्यारोपको भुमरीमा परी विघटनको डिलमा उभिएको सबैले महसुस गरेका छन् ।

अतः विश्व कम्युनिस्ट आन्दोलनको एउटा टुकडीका रूपमा रहेको नेपाली कम्युनिस्ट आन्दोलन सङ्घर्षको चरणपछि अब समृद्धिको चरणमा प्रवेश गरेको छ । गच्छेअनुसारको नयाँ संविधान तर्जुमा गरेको छौँ । संविधानले कोरेको समाजवाद उन्मुख शासन व्यवस्था सबै पार्टीको साझा सङ्कल्प हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालीहरूको साझा राजनीतिक यात्रा हो । नेपाल कम्युनिस्ट पार्टीमा केही क्षणको लागि सरकार र पार्टी नेतृत्वको कार्यकुशलताको बारे गम्भीर छलफल भइरहेको छ । यो अनिवार्य थियो ।

पार्टी भनेको विचार र राजनीतिलाई कार्यान्वयन गर्ने एउटा साधन अर्थात औजार मात्र हो । तर त्यो औजारका प्रयोगकर्ता विचार, दर्शन र आफ्नो जीवनमा कति जनउत्तरदायी छन् ? त्यो विषयले नै पार्टी परिचालन, सरकार परिचालनको कार्यकुशलता प्रदर्शित हुने हुन्छ । विधि र पद्धतिले नेतृत्वको चयन हुन्छ । नेपाल यस्तो देश हो, २४० वर्षको राजतन्त्रलाई ढालेर आएको नेतृत्व राजतन्त्रको विकल्प बन्नुपर्नेमा समकक्षी बन्न खोजेपछि हालत के हुन्छ ? नेपाली कम्युनिस्ट आन्दोलनभित्र त  आजीवन नेतृत्वको रोगले ग्रस्त नै बनाएको छ । ठूल ठूला पार्टीको कुरा छोडौँ मजदुर किसान पार्टी, नेकपा (मसाल) र नेकपा (माले), पार्टीको उदाहरण नै काफी छ । चौथो महाधिवेशनदेखिका महासचिव हाम्रा गुरुवर मोहनविक्रम सिंह, त्यस्तै मजदुर किसान पार्टीका  नारायणमान विजुक्छे, नेकपा माओवादी केन्द्रका मोहन वैद्य  र मालेमाका सीपी मैनाली जिन्दगीभर नेतृत्वमा विराजमान हुने पक्का छ । के यो प्रवृत्तिले कम्युनिस्ट आन्दोलनलाई ठीक ठाउँमा लान सक्ला त ? यो प्रवृत्तिले कम्युनिस्टहरूको वृहत् मोर्चा बन्न सम्भव छ ? यो प्रवृत्ति सामन्ती संस्कारकै पुनारावृत्ति हैन र ?  विगतमा कम्युनिस्ट पार्टी सङ्घर्षको साधन हँुदा नेतृत्व केन्द्रीयकरणको विषय उचित थियो होला ? अब समृद्धिको चरणमा पनि उस्तै मोडलको नेतृत्व कामकाजी होला त ? यी यावत प्रश्नले नेपाली कम्युनिस्ट आन्दोलनमा पनि एकाधिकारवाद, एकमनावाद र मनोगत सोचको प्रभाव व्याप्त देखिन्छ । तिनैको सेरोफेरोमा नेपाल कम्युनिस्ट पार्टीको विवाद उत्सर्गमा पुगेको आकलन गर्दा अन्यथा नहोला ।

अतः विश्व कम्युनिस्ट आन्दोलनको एउटा टुकडीका रूपमा रहेको नेपाली कम्युनिस्ट आन्दोलन सङ्घर्षको चरणपछि अब समृद्धिको चरणमा प्रवेश गरेको छ । गच्छेअनुसारको नयाँ संविधान तर्जुमा गरेको छौँ । संविधानले कोरेको समाजवाद उन्मुख शासन व्यवस्था सबै पार्टीको साझा सङ्कल्प हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालीहरूको साझा राजनीतिक यात्रा हो । नेपाल कम्युनिस्ट पार्टीमा केही क्षणको लागि सरकार र पार्टी नेतृत्वको कार्यकुशलताको बारे गम्भीर छलफल भइरहेको छ । यो अनिवार्य थियो । अध्यक्ष कमरेड प्रचण्डले १९ पृष्ठको प्रतिवेदनले पार्टीभित्रको उकुस मुकुसलाई चिरेको छ । अर्का अध्यक्ष केपी ओलीले कस्तो अभिमत दर्ज गर्नु हुन्छ ? त्यो पनि हेर्न बाँकी छ । त्यसको महत्त्व र औचित्यमा सबै तहका नेता कार्यकर्ताले छलफल गर्ने अवसर पाउनु पर्छ । छलफलबाटै त्यसको निराकरण गर्न जरुरी छ । दुवै प्रतिवेदन तत् तत् कमिटीमा छलफल गर्दा सत्यको अन्वेषण हुन्छ । सत्यको पहिचान हुन्छ । तर भाँडभैलो, नाराबाजी र अराजकताले क्षणिक चर्चा पाए पनि दीर्घकालीन महत्त्व राख्दैन । समस्या जुन तहमा चुलिएको छ त्यही तहबाट समाधान हुन जरुरी छ । राजनीतिक पार्टी, भिडतन्त्र र झुण्ड होइन । विचार, राजनीति, त्याग र बलिदानको सङ्केन्द्रित र रूपान्तरणमुखी संस्था भएकाले यसलाई कम्पनी जस्तो सेयरको आधारमा चल्दैन । विचारसहितको अन्तरसङ्घर्षबाट चलायमान हुने जीवित संस्था हुने भएकाले, लोभ, लालच र हतकण्डाबाट चल्दैन पार्टी, पार्टीलाई मरणमुखी होइन जीवनमुखी बनाउनुपर्छ, नेपाली कम्युनिस्ट आन्दोलनभित्रका सबैखाले गलत प्रवृत्तिविरुद्ध निर्मम सङ्घर्ष गर्न मोलाइजा गर्नु हुँदैन । क. माओले भन्नुभएझैँ विचारले सबै कुराको छिनोफानो गर्छ । नेपालको विशिष्टता विकास भएको कम्युनिस्ट आन्दोलनलाई रक्षा गर्ने जिम्मेवारी हामी सबैमा समान छ । त्यसैले युगौँ युगदेखि दुःख र कष्ट भोगिरहेका, अभावग्रस्त भएका र सबैखाले उत्पीडनको पीडाबोध गरी रहेका नेपालीहरूलाई उन्मुक्ति दिलाउने नेतृत्व र पार्टी निर्माण गरौँ । परिवर्तनका पक्षधर सबैमा अभिवादन । अभिवादन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुक्ति प्रधान
मुक्ति प्रधान

(लेखक वरिष्ठ अधिवक्ता, पूर्वमहान्याधिवक्ता तथा नेकपाका केन्द्रीय सदस्य हुनुहुन्छ ।)

लेखकबाट थप