शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अन्डरटेकर डब्ल्यूडब्ल्यूई युनिभर्सबाट बिदा भएः भने, ‘मेरो समय आइसकेको छ’

मङ्गलबार, ०९ मङ्सिर २०७७, ०८ : ५४
मङ्गलबार, ०९ मङ्सिर २०७७

रेसलिङ लेजेन्ड द अन्डरटेकरले डब्ल्यूडब्ल्यूई युनिभर्सलाई अलविदा भनेका छन् । अन्डरटेकरले सर्भाइभर सिरिजको क्रममा बिदा लिएका हुन् । 

५५ वर्षका अन्डरटेकरले आइतबार आफ्नो क्यारेक्टर अनुरुपको भावभंगीमा र कस्ट्युमसहित अन्तिम पटक रिङमा कदम राखे । 

उद्घोषणकले रिङमा आएर अन्डरटेकरको बिदाईको घोषणा गरे । त्यसपछि अन्डरटेकर रिङमा शानदार तरिकाले प्रवेश गरे । उनले आफ्नो करियरबारे कुरा गरे । साथै, आफ्नो समय आइसकेको पनि बताए । 

प्रशंसकले ‘धन्यवाद टेकर’ भन्दै उनलाई विदाई दिए । यतिबेला टेकर आफू पनि भावुक भएका थिए ।

उनी रिङमा ‘द अण्डरटेकर’ को नामले चर्चित भए । उनको वास्तविक नाम मार्क विलियम कालावे हो । उनको जन्म सन् १९६५ मार्च २४ तारिखमा ह्यूस्टनमा भएको थियो । उनले सन् १९९० नोभेम्बर २२ मा सर्वाइभर सिरिजबाट नै डब्ल्यूडब्ल्यूई डेब्यू गरेका थिए । 

हालै एक अन्तर्वार्तामा अण्डरटेकरले आफूलाई आफ्नो करियरप्रति गर्व भएको बताएका छन् । उनले ३० वर्ष लामो करियरमा थुप्रै उपलब्धि हासिल गरेका छन् ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप