बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

बिग्रिएको स्वास्थ्यबारे कुरा गर्दा भावुक भए राणा दग्गुबातीः भने, ‘मृत्युकै खतरा थियो’

मङ्गलबार, ०९ मङ्सिर २०७७, ०८ : ३१
मङ्गलबार, ०९ मङ्सिर २०७७

भारतीय सिनेमाको इतिहासमा बनेको सबैभन्दा ठूलो फिक्सनल एक्सन ड्रामा फिल्म बाहुबलीमा भिलेनको भूमिका निर्वाह गर्ने साउथका नायक राणा दग्गुबातीले आफ्नो अभिनयले सबैलाई प्रभावित गरे । तर गत वर्ष नायकका लागि मुश्किलको समय थियो । नायक जिन्दगी र मृत्युका बीच जुधिरहेको थिए । त्यतिबेला उनको तस्बिर सोसल मिडियामा भाइरल पनि भएको थियो जसमा उनी असाध्यै दुब्लो र बिरामी देखिएका थिए । त्यतिबेला मानिसहरुले उनी बिरामी भएको अनुमान मात्रै लगाएका थिए, कुनै आधिकारिक बयान आएको थिएन तर अब नायक आफैंले यसबारे मुख खोलेका छन् । 

राणा दग्गुबाती हालै नायिका समान्था अक्किनेनीको च्याट शोमा उपस्थित भएका थिए । यतिबेला उनले आफ्नो स्वास्थ्य र चुनौतीबारे कुरा गरे । नायकले भने, ‘जब जीवन तीब्र रुपमा अघि बढिरहेको थियो तब अचानक एक ब्रेक लाग्यो । मुटुमा केल्कीफिकेशन (कडा हुनु) का कारण निकै समस्या भयो । मृगौला पनि फेल भयो । स्थिती यस्तो थियो कि ७० प्रतिशत स्ट्रोकको खतरा थियो र ३० प्रतिशत मृत्युको खतरा थियो ।’

राणाको कुरा सुनेर समान्था पनि भावुक भइन् किनभने राणाले जुन स्थितीको सामना गरेका थिए त्यो उनले पनि देखेकी थिइन् । 

++++++++++स्मरण रहोस्, राणाले सुरुमा मृगौला प्रत्यारोपणको खबरलाई ठाडो अस्विकार गरेका थिए र आफू पूर्ण रुपमा स्वस्थ भएको बताएका थिए । उनले आफूप्रति प्रेम देखाएको भन्दै सबैलाई धन्यवाद पनि दिएका थिए । कामको कुरा गर्ने हो भने राणा दग्गुबाती फिल्म हाथी मेरे साथीमा देखिनेछन् । फिल्ममा उनी निकै भिन्न अवतारमा देखिनेछन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप