शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तरकोरियाका सर्वोच्च नेता किमका भतिजा अचानक बेपत्ता

मङ्गलबार, ०९ मङ्सिर २०७७, ०० : ०५
मङ्गलबार, ०९ मङ्सिर २०७७

एजेन्सी । उत्तरकोरियाका सर्वोच्च नेता किम जोङ उनका भतिजा किम हान सोल एक्कासि बेपत्ता भएका छन् । उनी वेपत्ता भएलगत्तै अनेक शंका गर्न थालिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । हान सोल किम जोङ उनका सौतने भाई किम जोङ नामका छोरा हुन् । किम जोङ नामलार्य सन् २०१७ मा क्वालालाम्पुर एयरपोर्टमा हत्या गरिएको थियो ।

उनको हत्याको आरोपमा एक भियतनामी र इन्डोनेसियाई महिलाहरु पक्राउ परेका थिए । त्यसबेला नामको हत्या उत्तरकोरियाका नेता किम जोङ उनसँग पनि जोडिएको थियो । तर प्योङयाङले उक्त आरोपको खण्डन गरेको थियो । तर अहिले पनि किमकै भतिजा बेपत्ता भएपछि उत्तरकोरियातर्फ प्रश्न उठिरहेका छन् । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामरुका अनुसार अहिले बेपत्ता भएका सोल, उनकी बहिनी र आमाले सन् २०१७ मै गोप्य ढंगले उत्तरकोरिया छाडेका थिए । सोल अन्तिमपटक अमेरिकी गुप्तचर एजेन्सी (सिआइए)का एक एजेन्टसँग देखिएका थिए । त्यसपछि उनको बारेमा केही खबर बाहिर नआएको जनाइएको छ ।

आफ्नो पिताको हत्यापछि उनी सार्वजनिक जीवन र चर्चाबाट टाढिएका थिए । सञ्चारमाध्यामहरुका अनुसार सोलमाथि कुनै खतरा देखिएर सिआईएले कुनै गोप्य ठाउँमा सुरक्षा घेरामा राखिएको हुनसक्ने अनुमान पनि गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप