बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

साइप्रसमा १५ जना नेपालीमा कोरोना संक्रमण

सोमबार, ०८ मङ्सिर २०७७, २३ : ०३
सोमबार, ०८ मङ्सिर २०७७

युरोपियन देश साइप्रसमा १५ जना नेपालीमा कोरोना संक्रमण भएको छ ।  गैरआवासीय नेपाली सघं साइप्रसका अनुसार आइतबार मात्रै गरिएको चेकजाचमा पापोसमा ३ जना , लार्नाकामा २ जना र निकोसिया शहरमा १० जना गरी १५ जना नेपालीमा कोरोना संक्रमण देखिएको हो ।  

यस्तै  निकोसियामा ३ नेपालीको र्‍यापिड टेस्ट नतिजा पोजेटिभ आएको छ। ती ३ जनासँगै एकै स्थानमा बस्ने अन्य ७ जनाको  पिसिआर टेस्ट सोमवार हुनेछ र रिपोर्ट नआउन्जेल घरमै आईसोलेसनमा बस्ने स्वास्थ्य अधिकारीहरुले सुझाएको बताइएको  छ ।

गत हप्ता पनि लिमासोलमा ३ नेपालीमा कोरोना संक्रमण देखिएको थियो। तिनै जना पनि अहिले होम आइसोलेसनमा छन्। 
साइप्रस सरकारले देशभरी नै निःशुल्क कोरोना टेस्ट गर्दै आएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप