बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाका कारण पाकिस्तानका शैक्षिक संस्थाहरु फेरि बन्द, परीक्षा स्थगित

सोमबार, ०८ मङ्सिर २०७७, २३ : ०२
सोमबार, ०८ मङ्सिर २०७७

एजेन्सी । कोरोनभाइरसका सङ्क्रमितहरुको संख्यामा बृद्धि हुदै गएपछि पाकिस्तानमा फेरि शैक्षिक संस्थाहरु बन्दको घोषणा गरिएको छ ।  सरकारी अधिकारीहरुले सोमबार गरेको घोषणा अनुसार आगामी बिहीबारदेखि शैक्षिक संस्थाहरु बन्द हुने भएका हुन् । घोषणामा शैक्षिक संस्था अर्को वर्षको जनवरी १० तारिखसम्म बन्द गर्ने उल्लेख गरिएको छ । 

शैक्षिक संस्थाहरु बन्द हुने भएपछि अहिले तय गरिएका सबै परीक्षाहरु पनि स्थगित गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।  यसैगरी इन्डोनेसियाको स्वास्थ्य मन्त्रालयले इन्डोनेसियामा थप चार हजार ४४२ जना सङ्क्रमित थपिएको तथ्याङ्क सार्वजनिक गरेको छ । पछिल्लो पटक थपिएकाहरुसँगै इन्डोनेसियामा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या पाँच लाख दुई हजार ११० पुगेको छ । 

इन्डोनेसियामा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर मृत्यु भएकाहरुको संख्या १६ हजार दुई पुगेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।  मलेसियामा एक हजार ८८४ जना नयाँ सङ्क्रमित थपिएका छन् भने कूल सङ्क्रमितहरु ५६ हजार ६५९ जना रहेका छन् ।  बङ्लादेशमा अहिलेसम्म चार लाख ४९ हजार ७६० जना सङ्क्रमित भएका छन । तीमध्ये दुई हजार ४१९ जना अहिले थपिएका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप