केन्द्रीय संस्करण

चितवनमा ग्यास बुलेटले ठक्कर दिँदा २ जनाको मृत्यु

person explore access_timeमंसिर ८, २०७७ chat_bubble_outline0

चितवन । पूर्व–पश्चिम राजमार्गको राप्ती नगरपालिका–६ हर्दीस्थित राजमार्गमा आज साँझ ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । भारतीय नम्बर प्लेटको ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना स्थानीयवासीको मृत्यु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार घटनापछि स्थानीयवासीले सडक अवरुद्ध गरेका छन् ।

स्थानीयवासी र प्रहरीबीच सडकमा पटक पटक झडप भएको बताइएको छ । प्रहरीका अनुसार प्र ३–०३, ००२ प ११८ नम्बरको मोटरसाइकललाई ग्यास बुलेटरले ठक्कर दिएको थियो । ग्यास बुलेटलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । मृत्यु हुने दुबै जनाको सनाखत हुन नसकेको बताइएको छ । उनीहरुलाई उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । प्रहरीले बाटो खुलाउने प्रयास भइरहेको जनाएको छ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.