सुदूरपश्चिम प्रदेशमा ५२ जना कोरोना संक्रमित थपिए
सोमबार, ०८ मङ्सिर २०७७, २१ : ०९
कैलाली । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षण बाट ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज सेतीप्रादेशिक अस्पताल प्रयोगशाला बाट गरिएको परिक्षणमा ३७ ,डडेल्धुरा अस्पतालको प्रयोगशालाबाट १५ जनामा संक्रमण पुस्टी भएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले रातोपाटीलाई जानकारी दिए ।
पष्टि हुनेमा कैलाली का ४१, कञ्चनपुरका ३,डडेल्धुराका ७, दार्चुलाका १ , डोटीका ३ जना रहेको उनले बताए ।
हालसम्म १ लाख १५ हजार ८८१ स्वाबको नमुना जाच गरिएकोमा १० हजार ८१७ कोरोना संक्रमण फेला परेको उनले बताए । १ लाख ५ हजार ६४ स्वाब नमुनाको नतिजा नेगेटिभ आई सकेको उनको भनाइ छ ।
अझै ६ सय ७२ नमुना संकलन भएका नतिजाको रिजल्ट आउन बाँकी छ भने ३६ जना कोरोना संक्रमित को मृत्यु भई सकेको कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा