गण्डकीमा १२९ जना सङ्क्रमित थप, १६७ निको
सोमबार, ०८ मङ्सिर २०७७, २१ : ०६
गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १२९ जना कोरोना सङ्क्रमित थपिएका छन् भने १६७ जना निको भएका छन् ।
पछिल्लो एक हप्ताको तथ्याङ्कले थपिने सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढेको देखाएको छ । प्रदेशमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ११ हजार १९० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।
प्रदेशमा हालसम्म निको हुनेको सङ्ख्या छ हजार ३९८ छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ६५१ पुगेका छन् । प्रदेशमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४१ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार