जर्मनीमा कोरोना सङ्क्रमितको सङ्ख्या ९ लाखभन्दा बढी पुग्यो

एजेन्सी । जर्मनीमा कोभिड १९का सङ्क्रमितहरूको सङ्ख्या नौ लाख नाघेको बताइएको छ । गएको २४ घण्टामा यहाँ १० हजार ८६४ जना नयाँ सङ्क्रमित थपिएका बताइएको छ । योसँगै यहाँ कोरोनाका सङ्क्रमितहरूको सङ्ख्या ९ लाख २९ हजार १३३ जना पुगेको बताइएको छ ।
यहाँ यस सङ्क्रमणबाट कम्तीमा पनि १४ हजार ११२ जनाको मृत्यु भएको छ । जर्मनीका अधिकारीहरूले गएको २४ घन्टामा कम्तीमा पनि ९० जनाको ज्यान गएको बताएका छन् । जर्मनीको स्वास्थ्य मन्त्रालयले यहाँ पछिल्ला केही दिनहरूमा कोरोना सङ्क्रमितहरूको मृत्युको दर बढ्दै गएको बताएको छ ।
जर्मनीमा कोभिडको दोस्रो वेभ आएको बताइएको थियो । त्यसैले पनि यहाँ यस नोभेम्बर महिनादेखि कतिपय क्षेत्रमा लकडाउन गरिएको छ । तर यसको यहाँका नागरिकले विरोध गरिरहेका छन् । त्यसैले जर्मनीको केन्द्र सरकारले भने यो लकडाउनको अवस्थालाई थप विस्तार नगरिने जनाएको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैशाख २ गते बोडेका २८ वर्षीय सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना