शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राजस्व संकलनको लक्ष्य पूरा गर्न आजैदेखि लाग्नुस्ः अर्थमन्त्री पौडेल

सोमबार, ०८ मङ्सिर २०७७, १७ : २७
सोमबार, ०८ मङ्सिर २०७७

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षको बजेट बक्तव्यमा उल्लेखित राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न अर्थ मन्त्रालय तथा सम्बन्धित विभाग तथा राजस्व कार्यालयहरुलाई निर्देशन दिएका छन् । 

अर्थ मन्त्रालयका सचिवहरु,आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशक, भन्सार तथा आन्तरिक राजस्व कार्यालयका प्रमुखहरु लगायतको सहभागितामा सोमबार अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले कोभिड–१९ ले सिर्जना गरेका चूनौतीहरुको सामना गर्दै राजस्व संकलनको लक्ष्य पूरा गर्न कुनै सम्झौता नगर्ने निर्देशन दिएका हुन् । 

उक्त छलफलका क्रममा अर्थमन्त्री पौडेलले नियतवश त्रुटी, कमजोरी गर्ने र असल मनसायबाट बिचलित हुने कर्मचारी लगायत जो कोहीलाई भएपनि नछाड्ने उद्घोष समेत गरे ।  डर, त्रास सिर्जना गरेर कर्मचारीहरुलाई काममा नलगाउने स्पष्ट पार्दै अर्थमन्त्री पौडेलले योग्यता र क्षमताको कदर सहित काम गर्ने अनुकूल परिस्थिति सिर्जना गरेर परिणाम निकालिने बताए । 

‘कठिनाइ र समस्याहरुलाई समाधान गर्न मन्त्रालयले सहयोग, सहजीकरण र प्रोत्साहन गर्छ । लक्ष्य पूरा भए हामी सम्मान गर्छौ । पूरा नभए तपाईँहरु दण्डित हुनुपर्छ’ अर्थमन्त्री पौडेलले भने । कोभिडका कारण ‘ब्याक गेयर’ लगाएर राजस्वको लक्ष्य निर्धारण गरिएको भन्दै चालू आर्थिक वर्ष सकिँदा धेरैलाई सम्मान गर्ने वातावरण बनाउन समेत उनले अनुरोध गरे ।

कोभिड–१९ को संक्रमण र सन्त्रास कायमै रहिरहको अवस्थामा स्वस्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरी कोभिड–१९ ले सिर्जना गरेका चुनौतीहरुसँग जुध्दै अर्थतन्त्रलाई गतिशील बनाउन दृढताका साथ काम गर्न पनि उनले कर्मचारीहरुलाई आग्रह गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप