बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दक्षिण भारतकी यी नायिकालाई गुगलद्वारा ‘२०२० की नेशनल क्रस’ घोषित, हेर्नुहोस् तस्बिर

सोमबार, ०८ मङ्सिर २०७७, १६ : ०९
सोमबार, ०८ मङ्सिर २०७७

कन्नड सिनेमाकी सुन्दर तथा लोकप्रिय नायिका रश्मिका मन्दानाका प्रशंसक त्यतिबेला चकित परे जब सर्च इन्जिन गुगलले नायिकालाई ‘नेशनल क्रस अफ इन्डिया २०२० फिमेल’ घोषणा गरिदियो । 

त्यसपछि ट्वीटरमा पनि रश्मिका नेशनल क्रश ह्याशट्यागसहित ट्रेन्ड हुन थालिन् । यसको स्क्रिनसट उनले आफ्नो ट्वीटर अकाउन्टबाट पनि सेयर गरेकी छिन् । उनले यससँगै लेखिन्, ‘मेरा मानिसहरु साँच्चै नै लेजेन्डरी हुनुहुन्छ । उनीहरु यति प्रिय छन्... होइन र  ? मेरो मुटु उनीहरु सबैको साथमा छ । ’

२४ वर्षकी रश्मिका दक्षिण भारतबाहेक उत्तर भारतमा पनि निकै लोकप्रिय छिन् । रश्मिकाले कन्नड, तमिल र तेलुगु फिल्ममा पनि काम गरेकी छिन् । 

रश्मिकाले सन् २०१६ मा क्रिक पार्टी फिल्मबाट कन्नड सिनेमामा डेब्यू गरेकी थिइन् । यो फिल्ममा रश्मिकाको अभिनयको असाध्यै तारिफ भएको थियो र उक्त फिल्म त्यस वर्षको सबैभन्दा धेरै कमाई गर्ने फिल्ममा समावेश भयो । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप