बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कुमार सानूसँगको सम्बन्धबारे बोले छोरा जान कुमार, २७ वर्षदेखि सम्पर्कमा नरहनुको कारण खुलाए

सोमबार, ०८ मङ्सिर २०७७, १५ : १२
सोमबार, ०८ मङ्सिर २०७७

केही समय अघि बिग बस १४ को घरमा नेपोटिजमको मुद्दा उठेको थियो । कार्यक्रममा एक टास्कको क्रममा राहुल बैद्यले जान कुमार सानूमाथि नेपोटिजमको उत्पादन भएको आरोप लगाएका थिए । उनले जान नेपोटिजमकै कारण घरमा आएको आरोप लगाए । यो मुद्दामा जानले आफ्नो धारणा राखेका छन् । सलमान खानले पनि राहुललाई धेरै कुरा सुनाए । अब घरबाट बाहिरिएपछि जानले यसबारे खुलेर कुराकानी गरेका छन् । 

भारतीय मिडियासँगको कुराकानीमा जानने नेपोटिजमको विषयमा खुल्ला रुपमा धारणा पोखेका छन् । जानले उक्त कार्यक्रममा गायक पिता कुमार सानु र आमा रिटाको सम्बन्धबारे पनि बोलेका थिए । जानले उनका पिता देशका चर्चित गायक भएता पनि पछिल्लो २७ वर्षमा उनी आफ्ना पिता कुमार सानूसँग सम्पर्कमा नभएको स्पष्ट पारेका छन् ।  उनले आफू जे जति छन् त्यो सबै आफ्नी आमा रिटाको समर्थनका कारण भएको पनि बताए । 

जानले नेपोटिजमबारे भने, ‘हामी तीन भाइ हौं । आमा रिटा भट्टाचार्यले हाीलाई एक्लै हुर्काएकी हुन् । मेरा पिता कहिले पनि मेरो जीवनको हिस्सा भएनन् । मलाई उहाँले किन सपोर्ट गरेनन् वा किन मेरो प्रोमोट गरेनन् भनेर थाहा छैन, यो कुरा तपाईं उहाँलाई सोध्न सक्नुहुन्छ । इन्डष्ट्रिमा थुप्रै सेलिब्रिटी छन् जसको सम्बन्धविच्छेद भएको छ वा दोस्रो विवाह भएको छ । उनीहरु आफ्ना पूर्व श्रीमतीसँग कुरा गर्न सक्देनन् तर आफ्नो पहिलो विवाहमार्फत् जन्मिएका छोराछोरीलाई समर्थन गर्न कहिले पनि पछि हट्दैनन् । उनीरुले सधैं आफ्नो बच्चाको जिम्मेवारी लिएका हुन्छन् ।’

‘तर मेरो विषयमा मेरा पिता कुमार सानूले हामीसँग कुनै सम्पर्क राखेनन् । सुरुवातमा उहाँले मेरो हुर्काइको एउटा भिडियो सोसल मिडियामा अपलोड गरेका थिए र त्यसपछि मेरो कामलाई समर्थन गर्दै एउटा भिडियो हालेका थिए । त्यसैले मलाई लाग्छ कि उनको मनमा मप्रति मिश्रित भावना छ । ’

‘मलाई यो पनि लाग्छ कि कुनै पिता आफ्नो बच्चासँग यति धेरै समयसम्म रिसाउनु सही होइन । पार्टनरबीच मतभेद हुनसक्छ तर धेरैजसो जोडीले यो कहिले पनि सोचेका हुँदैनन् कि यसको फल उनीहरुले भोग्नुपर्ने हुन्छ । त्यसैले कसैले मलाई नेपोटिजमको उत्पादन भनेको सुन्दा अचम्म लाग्छ । मैले आफ्नो बाटो आफैंले निर्माण गरेको हुँ र भविष्यमा पनि यस्तै गर्नेछु ।’

बिग बस १४ मा जानले आफ्नो वास्तविक पहिचान कहिले पनि उजागर गरेननन् भन्ने कुरमा प्रश्न उठ्यो । उनी निक्की तंबोलीको सहारामा अघि बढिरहेका छन् भन्ने आरोप पनि लाग्यो । यो प्रश्नमा जानले भने, ‘यस्तो यसकारण किनभने म थोरै डराएको थिएँ, केही कुरा थाहा थिएन र मलाई लाग्थ्यो कि मैले घरका अन्य सदस्यलाई मिलेर आफ्नो उपस्थिती स्थापित गर्नुपर्नेछ । म अरुलाई राम्रो व्यवहार  गर्दथेँ र सबैसँग दोस्ती गर्दथेँ त्यसैले मानिसहरुले सोचे कि यो मेरो आफ्नै पहिचान होइन । यदि कार्यक्रममा अघि बढ्नका लागि मैले हरेक व्यक्तिसँग झगडा गर्नुपर्छ भने माफ गर्नुहोस्, म यस्तो गर्न सक्दिनँ । घरमा आउने हरेक प्रतिस्पर्धीलाई लाग्छ कि झगडा गरेर ड्राम गरेर उनीहरुले ब्राउनी पोइन्ट्स पाउनेछन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप