बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

एकसाथ विवाहका पाँच गीत सार्वजनिक

सोमबार, ०८ मङ्सिर २०७७, १२ : ५०
सोमबार, ०८ मङ्सिर २०७७

काठमाडौं । गीतकार विनिता खनालले विवाह सम्बन्धि गीति एल्बम ‘लगनगाँठो’ सार्वजनिक गरेकी छन् । आइतबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको एल्बममा पाँच गीत समावेश छन् । एल्बममा ‘आयो है आयो’ (मेहेन्दी गीत), ‘धुतुरी धुतुरी बाजा बजाई’ (जन्ती गीत), ‘दौरा सुरुवाल चिटिक्कै’ (रत्यौली गीत), ‘विदाई गर्न छोरी तिमीलाई’ (दुलही अन्माउने गीत) र ‘छमछम पाउजु’ (रिसेप्सन गीत) रहेका छन् ।

कार्यक्रममा यी पाँचवटै गीतका भिडियो समेत एकसाथ सार्वजनिक गरिएको थियो । विवाहका पाँच गीतका भिडियोमध्ये आइतवार ‘मेहेन्दी’ यूट्युबमा सार्वजनिक गरिएको छ । अन्य क्रमस सार्वजनिक हुनेछ । 

विवाहका पाँचै गीतका भिडियोलाई सुव्रत राज आचार्यले निर्देशन गरेका हुन् । किरण कँडेलको एकल संगीत रहेको गीतमा ‘आयो है आयो’ गीतमा प्रविशा अधिकारी, ‘धुतुरी धुतुरी बजा बजाई’ मा मेलिना राई र श्रीवास्तव खरेल,  ‘दौरा सुरुवाल चिटिक्कै’ मा मिना निरौला, ‘विदाई गर्न छोरी तिमीलाई’मा वानिका प्रधान र ‘छमछम पाउजु’मा निकिता थापा र प्रताप दासले स्वर रहेको छ ।

पाँचवटै विवाहका गीतको भिडियोमा विजु पार्की र रेश्मा घिमिरे दुलहा दुलहीको भूमिकामा अभिनय गरेका छन् । अभिषेक श्रेष्ठ, गरिमा शर्मा, शर्मिला मल्ल, शिशिर राणा, सम्झना बुढाथोकी, रश्मी भट्ट, हेमन्त गौतम, दिभास्ना त्वानको पनि भिडियोमा अभिनय छ । गीतको भिडियोका छायाँकार उत्सव दाहाल र उत्तम हुमागाईं हुन् । भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप