अनुहार हेरेर व्यवहार नगर्नू

एउटा मरुभूमि नजिक सुन्दर गुलाबको बोट थियो । ऊ आफ्नो रूपरङ्ग र सौन्दर्यमा मख्ख थियो । उसको एउटै गुनासो ऊ नजिक हुर्केको क्याक्टसको बोटसँग थियो । गुलाफको हेराइमा क्याक्टस कुरूप, नराम्रो र भद्दा थियो ।
प्रत्येक दिन त्यो गुलाफले क्याक्टसलाई खिसिट्युरी गथ्र्यो । उसलाई नानाभाँती भन्थ्यो । उसको रूपरङ्गलाई अनि काँडासरीको शरीरलाई व्यङ्ग्य गथ्र्यो । तर क्याक्टस सहनशील थियो । केही भन्दैनथियो । चुपचाप सहेर बस्थ्यो ।
विस्तारै गर्मी बढ्दै गयो । मौसम सुख्खा हुन थाल्यो । जमिनमा भएको पानी बाफ बनेर उडे । बिरुवाहरु पानी नपाउँदा ओइलाउन थाले । गुलाफ पनि ओइलाउन थाल्यो । केही समयअघि आफ्नो रूपरङ्ग र सौन्दर्यको घमण्डमा क्याक्टसको बिरुवालाई खिसिट्युरी गर्ने गुलाफ आफैँ कुरूप देखिन थाल्यो । उसको फूलका पत्रहरु खस्न थाले । बँचेखुचेका फूलको रङ्ग पनि फिक्का हुन थाले, पात ओइलाउन थाले, डाँठ सुक्न थाले ।
उता क्याक्टसलाई भने मौसममा आएको परिवर्तनले केही फरक पारेको थिएन । ऊ पहिले जस्तो थियो, त्यस्तै नै थियो । गुलाफले क्याक्टसतिर हेर्यो, एउटा चरा आएर क्याक्टसमा आफ्नो चुच्चो गाड्यो । उसले त्यसको रस पिएर आफ्नो तिर्खा मेटायो ।
आफूले यसअघि क्याक्टसप्रति गरेको दुव्र्यवहार सम्झेर गुलाफ पछुतायो । उसले क्याक्टससँग माफी माग्यो । पानीको अभावमा आफू मर्न लागेको दुखेसो गर्यो । क्याक्टसले पनि बैगुनको बदला गुन गर्यो । उसले गुलाफलाई आफ्नो बोटको पानी दियो । क्याक्टसको व्यवहारले गुलाफको बोट झनै लज्जित बन्यो । उसले अबदेखि रूप, रङ्ग र सौन्दर्यको घमण्ड नगर्ने कसम खायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक
-
टाटा नेक्सनको नयाँ भर्जन के थ्री नेपालमा, मूल्य कति ?
-
पर्सामा अनलाइन जुवा खेलाउने एक जना भारतीय पक्राउ, अदालतबाट ५ दिनको म्याद थप
-
१२ बजे, १२ समाचार : ज्ञानेन्द्रको अभिव्यक्तिले संसदमा तरंगदेखि उर्जामन्त्रीको विरोध गर्ने कर्मचारीलाई हटाउन मन्त्रालयको ताकेतासम्म
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा