बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बागलुङमा जीप दुर्घटना हुँदा २ को  मृत्यु

सोमबार, ०८ मङ्सिर २०७७, ११ : २४
सोमबार, ०८ मङ्सिर २०७७

बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा आज बिहान पिक अप जीप दुर्घटना हुँदा दुई जनाको  मृत्यु भएको छ । 

ग्वालिचौरतर्फ जाँदै गरेको लु १ द ४३७० नम्बरको पिक अप जीप बडिगाड–६ सुरखुरेमा दुर्घटना हुँदा  अन्दाजी २२ वर्षीया टेकमाया रोका र उहाँको एक वर्षीय छोराको मृत्यु भएको छ ।  

दुर्घटनामा अन्दाजी ६० वर्षीया मनकुमारी रोका घाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रहरीचौकीका इञ्चार्ज प्रकाशसिंह भण्डारीले जानकारी दिए ।  

प्रहरी निरीक्षक भण्डारीका अनुसार जीपमा सामान लाद्ने क्रममा गुडेर जीप दुर्घटना भएको हो ।  

उद्धारका लागि प्रहरी घटनास्थलमा पुगेको छ । चालक रविलाल बुढाले सामान लाद्ने क्रममा जीप अचानक गुडेको थियो । चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप