शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
गजल

सर्वस्व गुमाएँ उनलाई प्यार गरेर

सोमबार, ०८ मङ्सिर २०७७, ११ : १८
सोमबार, ०८ मङ्सिर २०७७

-सुभद्रा ढकाल 

सर्वस्व गुमाएँ उनलाई प्यार गरेर
जिन्दगी सकियो कसैको इन्तजार गरेर 

भिरमा फूलेका फूलहरु सहरसम्म पुग्छन्
हामी समय विताउँछौ श्रृङ्गार गरेर

समय भन्दा पनि अगाडि डौडिरहेछन्
कहाँ पुग्लान् यी मान्छे हतार गरेर

मैले तिम्रो मण्डप सजाएर फर्केकी छु
तिमी फर्कनू मेरो चित्ता तयार गरेर 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप